काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको ह्याचव्याक कार एनआरजी नेपाली बजारमा एक कार्यक्रमसहित भोलि सार्वजनिक गर्दैछ । नयाँ फिचर र डिजाइनसहित आउन लागेको एनआरजीले टाटा मोटर्सकाे ह्याचव्याक बजारलाई अझै वृद्धि गराउने अनुमान गरिएको छ ।
अंग्रेजी शब्द इनर्जीबाट डिराइभ भएकोे नाम एनआरजीको बडी बिल्ड आर्मोड मेटेरियलको रहेको छ, जसले ठूलो इम्प्याक इनर्जीलाई अब्जर्भ गर्न सक्ने क्षमता राख्छ ।
एक्स्टेरियर
यसलाई आकर्षक बनाउनका लागि टेलगेट तथा दुबै साइडमा मस्कुलर क्लाइडिङ्ग तथा अगाडि र पछाडि बम्परमा सिल्भर कलरको रग स्कीड प्लेट राखिएको छ । माथि छतको रड पूरै कालोे रहेको छ, साथै यसमा रुफ रेलको पनि प्रयोग गरिएको छ । १४ इन्चको फोर स्पोक ड्यूल टोन अलोय ह्वीलको प्रयोग गरियको यस कारको ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ ।
इन्टेरियर
यसको क्याविनमा पूरै ब्ल्याक कलरको प्रयोग गरिएको छ । साथै, कतै–कतै प्रयोग गरेको अरेन्ज कलरको लाइनिङ्गले क्याविनलाई रिचनेस प्रदान गरेको छ । यसमा ५ इन्चको थ्रीडी न्याभिगेसन सुविधासहितको टच–स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । यो हर्मनका इन्फोटेन्मेन्ट सिस्टममा आठवटा स्पीकर जडान गरिएको छ । यी स्पीकरको सहायताले राम्रो म्यूजिक सिस्टमलाई भब्य बनाएको छ ।
स्टेरिङ्ग माउन्टेड कन्टोल सिस्टमले म्यूजिक सिस्टम कन्ट्रोल गर्न चालकलाई सजिलो बनाएको छ । स्टोरेजका लागि अगाडि ढोकामा २ वटा पानीको बोतल राख्ने स्पेस दिइएको छ भने यसमा कुल्ड–ग्लोब बक्स दिइएको छ । यसमा पछाडि स्टोरेजका लागि २४२ लिटरको बूट स्पेस दिइएको छ ।
सेफ्टी फिचर
यसमा स्ट्यान्डर सेफ्टी फिचरको रुपमा ड्यूल फ्रन्ट एयरव्याग, रिभर्स पार्किङ्ग असिस्ट, स्मार्ट रियर वाइपर, ड्राइभर सिट रिमाइन्डर, ईबीडीसहितको एबीएस र कर्नर स्ट्याबिलीटी कन्ट्रोल, आर्मोड बडी तथा क्याविन र फलोमी हेडल्याप रहेको छ ।
इन्जिन
हाल नेपाली बजारमा एनआरजीको पेट्रोल भेरियन्टमात्र उपलब्ध हुनेछ । यसमा रहेको ११९९ सीसीको ३ सिलिन्डर पेट्रोल इन्जिनले ६००० आरपीएममा ८५ पीएस पावर तथा ३५०० आरपीएममा ११४ एनएम–टर्क उत्पादन गर्छ । यसमा फाइभ–स्पीड म्यानूअल गियर बक्स रहेको छ ।
कलर र मूल्य
मालाबार सिल्भर, क्यानियन अरेन्ज तथा फूजी ह्वाइट तीनवटा कलर अप्सनमा उपलब्ध एनआरजीको इन्टरडक्टरी प्राइस नेपाली बजारमा २९ लाख ४५ हजार रहेको छ । यो मूल्य जनवरी महिनाभरिमात्र लागू रहने कम्पनीले जनाएको छ ।

