इलेक्ट्रीक कार किन्ने सोच्नुभएको छ ? कियाले गर्छ यसरी एक्सचेन्ज

काठमाडौं । नेपालका लागि किया मोटर्सका आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङ्ग प्रालिले इलेक्ट्रीक किया शोलको एक्सचेन्ज क्याम्प सञ्चालन गरेको छ । कम्पनीले कम्बस्चन इन्जिनयुक्त गाडी छाडेर इलेक्ट्रीक कारमा जान चाहने ग्राहकलाई मध्यनजर गर्दै उक्त एक्सचेन्ज क्याम्प सञ्चालनमा ल्याएको हो । 

यस योजनामा आफूले चढिरहेको कुनै पनि ब्रान्डको गाडीसँग कियाको इलेक्ट्रीक भेहिकल शोलसँग साट्न सकिनेछ । साथै, कम्पनीले सहज फाइनान्सिङ्गको व्यवस्था मिलाएको समेत जनाएको छ । 

किया इलेक्ट्रीक शोलको नेपाली बजार मूल्य ५६ देखि ५८ लाख रुपैयाँसम्म रहेको छ । नेपाल राष्ट्र बैंकले अटो फाइनान्सिङ्गमा कडाई गर्दै ५० प्रतिशत अनिवार्य डाउन–पेमेन्टको व्यवस्था गरे पनि इलेक्ट्रीक भेहिकललाई भने ८० प्रतिशतसम्म सुविधा उपलब्ध हुनेछ । 

उक्त नियामानुसार कियाको शोल ईभी खरिद गर्न चाहने मानिसले ११ लाख २० हजार तथा पानारोमिक अप्सनसहितको शोल खरिद गर्न चाहनेले ११ लाख ६० हजार रुपैयाँमात्र डाउन–पेमेन्ट जम्मा गरेर कियाको शोल चढ्न सकिनेछ । 

बाँकी ८० प्रतिशत पैसा भने एनएमबी बैंकले ११.५ प्रतिशत व्याजदरमा सजिलै फाइनान्सिङ्ग गर्नेछ । नेपाल सरकारले ईभी गाडी चढ्नेहरूका लागि वार्षिक सडक दस्तुरमा पनि सत–प्रतिशत छुट दिएको छ । 

यस क्याम्पमा ग्यासोलिन कारलाई विस्थापित गरेर कियाको शोल खरिद गर्न चाहने ग्राहकहरूलाई उनीहरूको गाडीमा पत्याउनै नसकिने राम्रो मूल्याङ्कन व्यवस्था गरिएको कम्पनीका एसिस्टेन्ट जनरल मेनेजर अनिश लामिछानेले मेरोअटोलाई बताए । 

यो एक्सचेन्ज क्याम्प कियाको धुम्बाराही शोरुममा २ हप्तासम्म चल्नेछ । 


Back_to_top