काठमाडौं । नेपालमा अहिले हटकेट बनिरहेको ट्रायम्फ मोटरसाइकल किस्तामा किन्न सकिने भएको छ । गोल्छा समूह अन्तर्गतको हुलास फिन सर्भ हायर पर्चेज कम्पनीले ट्रयाम्फ स्पीड ४०० र स्क्रयाम्बलर ४०० एक्स किन्न किस्ता (इएमआई) स्कीम ल्याएको हो ।
कम्पनीले ल्याएको यो स्कीममा ट्रायम्फ स्पीड ४०० मासिक १० हजार ३२३ रुपैयाँमा किन्न सकिने भएको हो । ट्रायम्फ स्पीड ४०० को मूल्य ६ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ ।
नेपालका लागि ट्रायम्फ मोटरसाइकलको आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनी पनि गोल्छा ग्रुप अन्तर्गतकै कम्पनी हो ।
हुलास फिन सर्भले ल्याएको स्कीम अनुसार ग्राहकले ५० प्रतिशत अर्थात् ३ लाख १९ हजार ९५० रुपैयाँ डाउन पेमेन्ट गरेर स्पीड ४०० किन्न सक्नेछन् । यसका अतिरिक्त ग्राहकले रजिस्ट्रेशन बापत १ हजार ५०० रुपैयाँ र इन्स्योरेन्स वापतको मूल्य तिर्नुपर्नेछ । यसका अलावा पहिलो किस्तासमेत सुरूमै तिर्नु पर्ने हुन्छ ।
ग्राहकले यस स्कीममा ३६ महिनाको किस्ता अवधि छनोट गर्दा ९.९९ प्रतिशत ब्याज लाग्नेछ ।
यस्तो छ ट्रयाम्फ स्पीड ४००
ट्रायम्फ स्पीड ४०० मा ३९८ सीसी क्षमताको लिक्वीड कुल्ड, फोर भल्भ, सिंगल सिलिन्डर इन्जिन छ । यो इन्जिनले ४० हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।
यसमा ट्रयाक्सन कन्ट्रोल, स्लीपर क्लच, राइड वाइ वायर जस्ता अत्याधुनिक फिचरहरू छन् ।
त्यसैगरी, ड्युल च्यानल एबीएस, यूएसडीमोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जिङ पोर्ट, एलईडी लाइट्स, हिटेड ग्रीप, अलोय ह्वील जस्ता फिचर यो मोटरसाइकलमा छन् ।

