काठमाडौं । भर्खरै सकिएको एनपीएलमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट नेपाली खेलाडी बन्दै जितेको ओमोडा ई-५ को पुरस्कार वापत लाग्ने कर पनि सारडा ग्रुपले तिर्ने भएको छ । ओमोडा/जेकोको आधिकारीक बिक्रेता एसपीजी अटोमोबाइल्स सारडा ग्रुप अन्तर्गतकै कम्पनी हो ।
नेपालमा बिक्री सुरु भएको छोटो समयमा नै सफलता पाउन सफल ओमोडा/जेको ब्राण्डका कारहरु निकै राम्रो संख्यामा बिक्री हुँदै आएका छन् । एनपीएलमा ड्रिभन वाई शिर्षकमा जोडिएको कम्पनीले ६१ लाख ९९ हजार रुपैयाँ मूल्य पर्ने कार पुरस्कार स्वरुप दिएको थियो ।
सुदुरपश्चिम रोयल्सका कप्तान तथा राष्ट्रिय टीमका उत्कृष्ट अलराउन्डर दीपेन्द्र सिंह ऐरीले प्रतियोगिताभर ९ खेलमा २२७ रन र ९ विकेट लिँदै उत्कृष्ट खेलाडी बनेका थिए । प्रतियोगितामा उनले ७ विपक्षी खेलाडीलाई रन आउट गराएका थिए ।