काठमाडौं । दुई नयाँ ब्राण्डका गाडी डिसेम्बर अन्तिमसम्ममा नेपाल आउने भएका छन् । नेपाल आउन लागेका डोङफेङ फरथीङ र जेवाइ एयर ब्राण्डले सुरुमा टेष्टिङ भेहिकल ल्याउने छन् ।
डोङफेङ फरथीङ ब्राण्डलाई लक्ष्मी इमोविलिटी र जेवाइ एयरलाइन एलआरआर ग्रुपले नेपाल ल्याउन लागेको हो । यी दुबै ब्राण्डका टेष्टिङ भेहिकल डिसेम्बर अन्तिमसम्ममा नेपाल आउने छन् ।
फरथीङ ब्राण्डले कम्प्याक्ट एसयूभी नेपाल ल्याउने छ । तर एयरलाइन ब्राण्डमा भने सेडान कार आउने छ । एयरलाइन सेडान कारको बिक्री थाइल्याण्डमा समेत सुरु भइसकेको छ ।
डोङफेङ फरथीङ ब्राण्डमा आउने एसएक्स–५जी मोडलको लम्बाई ४६०० एमएम, चौडाई १८६० एमएम र उचाई १६८० एमएम रहेको छ । यसमा २७१५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । अधिकतम स्पीड १८० किलोमिटर प्रतिघन्टा रहेको एसयूभीमा टर्नरी लिथियम ब्याट्री दिइएको छ । ब्याट्रीको साइज भने ५७.५ र ८५.९ किलोवाट आवर उल्लेख छ । नेपाल कुन ब्याट्रीमा आउँछ अहिल्यै एकिन साथ भन्न सकिदैन ।

कम्पनीले यसमा मोटर पनि दुई साइजमा दिएको छ । इन्ट्री भेरियन्टमा ८० किलोवाट र टप भेरियन्टमा १५० किलोवाटको मोटर छ । तर, टर्क भने दुबै भेरियन्टमा समान ३४० एनएम छ ।
पानारोमिक सनरुफ उपलब्ध कारमा १९ इन्चको स्पोर्टस् टायर दिइएको छ । इन्टेलिजेन्ट ४.० फ्यूचर लिङ्क टेक्नोलोजी प्रयोग भएको कारमा १०.२५ इन्चका दुई स्कृन उपलब्ध छन् । ३६० डिग्री क्यामेरा, लेदर सिट, क्रिस्टल गियरनव यसमा पाउन सकिन्छ ।
जेवाई ब्राण्डको एयरलाइन सेडान कारको लम्बाइ ४५५० एमएम, चौडाइ १८६० एमएम र उचाई १५१५ एमएम छ । यसमा २८०० एमएम लामो ह्वीलवेस दिइएको छ ।

स्लीक रुफलाइन, सबै लाइट एलइडी प्रयोग भएको एयरलाइन मोडलमा क्वालकमले बनाएको स्न्यापड्रागन ८१५५ चीपको प्रयोग गरिएको छ । कृष्टल ओएससँगै थ्रीडी ककपीट सिस्टम उपलब्ध कारमा लेभल २ एडास फिचर पाउन सकिन्छ ।
कारमा २ स्क्वायर मिटर ठूलो सनरुफ, टु स्पोक स्टेरिङ ह्वील, वायरलेस चार्जर जस्ता फिचर छन् । कम्पनीले यसमा १५० किलोवाट क्षमताको मोटर र ५१ र ६४ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ । यसले सिंगल चार्जमा ४३० किलोमिटरसम्म रेन्ज दिनेछ । यसमा रहेको सानो ब्याट्रले ७० र ठूलो ब्याट्रीले १३८ किलोवाट क्षमतासम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्नेछ ।

