लन्चिङ अगाडि एम-६ बुकिङ गर्नेलाई १ लाख ५० हजार छुट

काठमाडौं । साइमेक्स इंकले एम-६ एमपीभी मोडलको बुकिङ खुला गरेको छ । डिसेम्बर अन्तिमसम्ममा बिक्री सुरु हुने एम–६मा अहिले बुकिङ गर्नेलाई १ लाख ५० हजार छुट दिने कम्पनीले घोषणा गरेको हो ।

बीवाइडी एम-६ को सुरुवाती मूल्य ६० लाख १५ हजार रुपैयाँ तोकिएको छ । लन्चिङ अगाडि बुकिङ गर्नेले १ लाख ५० हजार रुपैयाँ नगद छुट पाउने छन् ।

बीवाइडी एम-६ सात सिट क्षमताको गाडी हो । पानारोमिक ग्लास रुफ र ५८० लिटरसम्मको फ्लेक्जिबल लगेज क्यापासिटीको कारण धेरैको आवश्यकता यसले पुरा गर्नेछ ।

कम्पनीले यसलाई १०० किलोवाटको इलेक्ट्रीक मोटरमा उपलब्ध गराउने छ । सिंगल चार्जमा ४४० किलोमिटरसम्म रेन्ज दिने एमपीभीले ११५ किलोवाट क्षमताको डिसी फास्ट चार्जिङ सपोर्ट गर्छ ।

बीवाइडी एम-६ सुरक्षा फिचरमा पनि अब्बल छ । यसमा ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सर लगायतका एड्भान्स्ड सेफ्टी फिचर पाउन सकिन्छ । १२.८ इन्चको रोटेटेबल इन्फोटेन्मेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र एडास फिचर यसमा छ ।

कम्पनीले दिएको नगद छुट अफर आगामी डिसेम्बर २४ अर्थात् पुस ९ सम्मका लागि उपलब्ध हुने जानकारी दिएको छ ।


Back_to_top