१० देखि ५० लाखसम्मका कारमा अफरै-अफर

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ सुरू हुनै लाग्दा एकपछि अर्को अफरहरु बाहिर आउन लागेका छन् । त्यस्तोमा रिकन्डिसन कारको ब्यापार गर्दै आएको सिप्रदी अस्योर्डले ‘इयर इन्ड सेल्स’ स्कीम सार्वजनिक गरेको छ ।

डिसेम्बर ३१ तारिखसम्म चल्ने ‘इयर इन्ड सेल्स’मा राखिएका सेकेन्ड ह्याण्ड कारको मूल्य १० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।

‘हामीसँग इयर इन्ड सेल्सको लागि ४० वटा रिकन्डिसन कार उपलब्ध छन् । यी कारको खरिदमा आकर्षक उपहारदेखि फाइनान्स सुविधा उपभोक्ताले पाउने छन्’, सिप्रदी अस्योर्डका जनरल मेनेजर ध्रुव रेग्मीले मेरोअटोसँग भने ।

सिप्रदी एस्योर्डले महंगा रिकन्डिसन कारसँग पुराना साना कारको सट्टापट्टा सुविधा पनि उपलब्ध गराएको छ । यसरी आउने साना कारमा उच्चतम मुल्याङ्कन दिने कम्पनीको भनाई छ ।

पुराना गाडी खरिद गर्ने उपभोक्ताले सरल किस्ताबन्दी सुविधा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । फाइनान्स सुविधा गाडी किन्ने ग्राहकले सिप्रदी हायर पर्चेज र एमएडब्लू इन्भेष्टमेन्टबाट कर्जा सुविधा प्राप्त गर्नेछन् ।


Back_to_top