काठमाडौं । नयाँ वर्ष सुरू भएसँगै एकपछि अर्को नयाँ मोडल आउन थालेका छन् । न्यू इनर्जी भेहिकलमा आक्रमक बजार बिस्तारमा लागेको दीपलले १० दिनको फरकमा दुई नयाँ मोडल बजारमा ल्याउने भएको हो ।
प्रिमियम इलेक्ट्रीक कार बिक्री गर्दै आएको दीपलको लाइनअपमा लङ रेन्ज एस-०७ र कन्भर्टेवल ई-०७ बजारमा ल्याउने भएको हो । एस-०७ अहिले बजारमा निकै सफल मोडल मानिन्छ ।
दीपलले ल्याउन लागेको कन्भर्टेवल ई-०७ मोडल भने विश्वकै लागि अनौठो एसयूभी हो । यसलाई आवश्यकता अनुसार एसयूभी र पीकअप ट्रकमा बदल्न सकिने भएको कारण यसको चर्चासमेत धेरै भइरहेको छ ।
यी दुई मोडललाई कम्पनीले १० लिनको फरकमा ल्याउन लागेको हो । आगामी माघ ४ गते (जनवरी १७ तारिक) मा लङ रेन्ज दीपल एस-०७ बिक्री थाल्ने छ । ठिक त्यसको १० दिनपछि माघ १४ गते (जनवरी २७) मा ई-०७ एसयूभीको बिक्री थाल्नेछ ।
यस्तो छ लङ रेन्ज एस-०७
लङ रेन्ज एस-०७ मा १६० किलोवाटको मोटर र ७९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । अहिले बजारमा उपलब्ध मोडलको तुलनामा १३ किलोवाट आवरले ठूलो ब्याट्री यसमा पाउन सकिन्छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा ४८५ किलोमिटर चलाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसमा मोटर पनि ६१ किलोवाटले ठूलो हुनेछ ।
नेपालमा बिक्री हुँदै आएको दीपल एस-०७ मा ९९ किलोवाट आवरको मोटर छ । नयाँ मोडल १६० किलोवाटको मोटरमा आउने छ । एसयूभीको साइज भने रेगुलर एस-०७ कै हुनेछ । यी दुई कुरा बाहेक अन्य सबै फिचर यसअघि उपलब्ध एस-०७ कै समान हुनेछ ।

एक्सटेरियरमा सबै लाइटहरु एलइडी प्रयोग गरेको कम्पनीले प्रोजेक्टर हेडल्याम्प, पानारोमिक सनरुफ, फ्रेमलेस विन्डो, इलेक्ट्रिक हिडन डोर ह्याण्डल, पावर टेलगेट, बोनलेस वाइपर जस्ता फिचर छन् ।
यसको इन्टेरियर पनि अहिले बजारमा उपलब्ध एस-०७ मोडलकै जस्तो छ । टिल्ट र टेलिस्कोपीक एड्जस्ट गर्न मिल्ने मल्टी फङ्गशनल स्टेरिङ ह्वील र सेन्थेथिक लेदर सिटले यसको क्याविन निकै आकर्षक लाग्छ । साथमा मेमोरी र भ्यान्टिलेसन सहितको वेलकम सिट, वायरलेस चार्जरले चालक र यात्रुलाई सहज र आरामदायी यात्रा दिलाउने छ ।
यसको एसी ड्यूल जोन अटोमेटीक हो । पछाडि बस्ने यात्रुहरुलाई मध्यनजर गर्दै रियर एसी भेन्ट दिइएको छ । साथै, मोनिटर सहितको पीएम २.५ फिल्टर र एयर प्यूरिफायर पनि यसमा उपलब्ध हुनेछ ।

कार फलो, स्टप र गो, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटीक इमर्जेन्सी ब्रेक, लेन किप एसिस्ट, ट्राफिक जाम एसिस्ट र लेन डिपार्चर वार्निङसहितको एडाप्टीभ क्रुज कन्ट्रोल पाउन सकिन्छ । साथै, एडास २.५ भित्र पर्ने सम्पूर्ण सुरक्षा फिचर यसमा रहेको छ ।
यसको क्याविन पनि निकै अत्याधुनिक छ । इको, कम्फर्ट, स्पोट्स र कष्टुमाइज गरी चार ड्राइभिङ मोड उपलब्ध कारमा हेडअप डिस्प्ले, १५.६ इन्चको टच स्कृन, १४ वटा स्पीकर, वायरलेस एप्पल कार प्ले, एम्बीयन्ट लाइट, जेस्चर रिकग्नेसन, डिजिटल की जस्ता फिचर छन् । सुरक्षाको लागि आवश्यक सम्पूर्ण फिचर उपलब्ध कारमा ३६० डिग्री क्यामेराका साथै ३६० डिग्री भिडियो रेकर्डर समेत यसमा दिएको छ ।
ई-०७
ई-०७ को अचम्मको पक्ष यसलाई केही सेकेन्डमै एसयूभीबाट पीकअपमा परिणत गर्न सक्नु हो । यसको स्लाईड हुने ग्लास क्यानोभीका कारण पिकअप वेड पनि मज्जाले देखिन्छ ।

आउडीको एक्टिभस्फेयर कन्सेप्टबाट प्रभावित यो फिचरले ठूला सामान सार्नेदेखि आउटडोर एड्भेन्चर जस्ता विविध आवश्यकतालाई परिपुर्ति गर्छ । होचो रुफलाइन र लोडिंग बेडका कारण यसमा ‘थर्ड रो’ त छैन तर, दुई रोमा बस्ने यात्रुलाई पर्याप्त स्पेस र कार्गो रुम उपलब्ध गराएको छ ।
नेपाल आएको ई-०७ मोडलमा ८९.९ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ । उक्त ब्याट्रीलाई फुल चार्ज गरेर ६४० किलोमिटरसम्म चलाउन सकिने सीएलटीसीले प्रमाणित गरेको छ । यसमा १९० किलोवाट क्षमताको पावरफुल मोटर पाउन सकिन्छ ।


