फक्सवागेनको जाडो अफरः मासिक २४ हजार किस्तामा पोलो चढ्न सकिने

काठमाडौं । जर्मन अटो कम्पनी फक्सवागेनको नयाँ पोलो १.० लिटर कार मासिक २४ हजार ७०० रुपैयाँ प्रतिमहिना किस्ता तिरेर चढ्न सकिने छ । फक्सवागेनको नेपालको आधिकारीक वितरक पुजा इन्टरनेशनलले वार्म विन्टर एक्स्चेन्ज अफर योजना अन्तर्गत यस्तो अफर गरेको हो ।

कुनैपनि ब्रान्डका गाडीसँग फक्सवागेन पोलो एक्स्चेन्ज गर्न सकिने अफर कम्पनीले गरेको छ । नयाँ पोलोको मूल्य २५ लाख ९० हजार रुपैयाँ तोकिएको छ । जसमा गाडी खरिद गर्ने ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गर्नु पर्ने हुन्छ । 

यस्तो छ नयाँ पोलो

९९९ सीसीको एमपीआई इन्जीन भएको पोलोले ६२०० आरपीएममा ७६ पिएस पावर तथा ३००० देखि ४३०० आरपीएममा ९५ एनएम टर्क उत्पादन गर्छ ।  कारमा एन्टी लक ब्रेकिंङ सिस्टम, एयर ब्याग, गाल्भानाइज्ड बडी, पावर विन्डो, रियर भ्यु क्यामरा, पोलन फिल्टर लगायतका सुविधाको साथै एयर कन्डिशन, पावर स्टेरिंग आदि अप्सन उपलब्ध छ ।

सन् २०११ मा नेपाली बजारमा ल्याइएको फक्सवागेन पोलो ह्याचब्याक निक्कै चर्चित बनेको थियो । कम्पनीले यस मोडल मार्फत पनि राम्रो चर्चा बटुल्ने अपेक्षा राखेको छ । अन्य गाडिको तुलनामा यो गाडिको मर्मत संभारका लागि ३० प्रतिशत मात्रै खर्च लाग्ने कम्पनीको दाबी छ । अन्य गाडि ५ हजार किलोमिटर चलाएपछि सर्भिसिङ्ग गर्नुपर्ने जनाउँदै कम्पनीले यसलाई १५ हजार किलोमिटर चलाएपछि मात्र मर्मत संभार गर्नुपर्ने दावी गरेको छ । 


Back_to_top