होन्डा हर्नेट २.० मोटरसाइकल किन्दा ७ वर्ष निःशुल्क सर्भिस, नगद छुटसमेत पाइने

काठमाडौं । होन्डाको हर्नेट २.० मोटरसाइकलमा ‘मायाको बहार’ नामक स्कीम योजना संचालन भइरहेको छ ।

होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी स्याकार ट्रेडिगंले आफ्नो ग्राहकलाई मध्यनजर गरि भ्यालेन्टाइन डेको अबसरमा ‘मायाको बहार’ नामक योजना सुरु गरेको हो ।

यस योजना अन्तर्गत ग्राहकले होन्डाको हर्नेट २.० मोटरसाइकलको खरिदमा स्योर सट ५ हजार रुपैयाँ नगद क्यासब्याक पाउने छन् । त्यसैगरि, मोटरसाइकल खरिद गरेका ग्राहकले ७ बर्षसम्म फ्रि सर्भिसिङको सुबिधा पनि पाउने कम्पनीले बताएको छ ।

यस्तो छ होन्डाको हर्नेट २.०

यस मोटरसाइकलमा १८४.४० सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, एयर कूल्ड, टर्क फुल नयाँ हेट इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम १७ पीएस पावर तथा १५.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स उपलब्ध छ ।

एग्रेसिभ डिजाइनमा रहेको यस मोटरसाइकलमा पु्रा एलइडी लाइट, हाजार्ड स्वीच, स्पोर्टी स्पीट सिट, पुरा डिजिटल लिक्वीड क्रिस्टल मिटर, गोल्डेन अपसाइड डाउन युएसडी फोर्क र मोनोसक सस्पेन्सन सेटअप, डबल डिस्कब्रेकसँगै सिंगल च्यानल एबीएस जस्ता फिचरहरु रहेका छन् ।

यसका अलावा कम्पनीले होन्डाको अन्य सबै मोटरसाइकल तथा स्कुटरमा पनि यस योजना चलाईरहेको छ भने ग्राहकले एक्स्चेन्ज र फाइनान्स सुबिधा पनि सहजै पाउन सक्ने छन् ।

कम्पनीले हर्नेट २.० काे मूल्य ४ लाख ६९ हजार ९०० रुपैयाँ ताेकेर बिक्री गर्दै आएकाे छ ।


Back_to_top