वार्षिक दुई करोड युनिट इलेक्ट्रीक कार निर्माण गर्ने क्षमता बनाउँदै चीन

चीनमा सञ्चालित विभिन्न अटोमोबाइल र स्टार्ट अप कम्पनीले २०२० सम्ममा दुई करोड युनिट इलेक्ट्रीक कार निर्माण गर्ने क्षमता बनाउने भएका छन् । यद्यपी चिनीयाँ सरकारले भने २०२० को अन्त्यसम्ममा दुई मिलियन इलेक्ट्रीक कारको व्यापार गर्ने घोषणा गरेको छ । 

साथै, चीन सरकारले एक वर्षमा १० हजार भेहिकल उत्पादन गर्न नसकिने अटोमोबाइल्स कम्पनीको लाइसेन्स खारेज गर्ने तयारी गरेको छ । 

फिच रेटिङ्ग एजेन्सीकाअनुसार चीनमा करिब ५ सय ईभी स्टार्ट अप कम्पनी सञ्चालनमा आउने भएका छन् । ती स्टार्टअप हाल चर्चामा रहेका बाइटोन, नियो र एसएफ मोटर वा ग्लोबल कार ब्रान्ड बेइक, बीवाईडी र ब्रिलियन्टजस्ता कम्पनीअन्तर्गत नपर्ने एजेन्सीले जनाएको छ । 

चिनीयाँ अटोबजारको समग्र व्यापारमा ५.८ प्रतिशतले गिरावट आउँदा ईभीको व्यापार ६१.७ प्रतिशतले बृद्धि भएको छ । 

चीनकै एक अटो उद्यमी, क्यान–क्याकले चीन ईभी उत्पादनमा संसारकै उत्कृष्ट बन्ने दाबी गरेका छन् । कम्पनीको उक्त योजनाअनुसार प्रतिवर्ष ५ लाख कार उत्पादन गर्नुपर्नेछ । यसकासाथै, अर्काे अटोमोबाइल्स कम्पनी फक्सस्वागेनले गत अक्टोम्बर १८ मा प्रत्येक वर्ष ३ लाख इलेक्ट्रीक भेहिकल उत्पादन गर्ने घोषणा गरेको थियो । कम्पनीले साङ्घाई प्लान्टबाट अटो उत्पादन गरिरहेको छ ।

गतवर्ष भने चिनीयाँ अटोबजारको व्यापारमा ५.८ प्रतिशत गिरावट आएको छ । एजेन्सीकाअनुसार २०१८ मा २२.३ मिलियन अटो बिक्री भएको छ । तर, ईभीको व्यापार ६१.७ प्रतिशतले बृद्धि भएको छ । गतवर्ष १.२६ मिलियन ईभी कार बिक्री भएको थियो । चिनीयाँ कम्पनीले यो वर्ष ईभीको व्यापार बृद्धि हुने अपेक्षा लिएका छन् । 


Back_to_top