काठमाडौं । दीपलका कार २० प्रतिशत डाउन पेमेन्ट गरेर नै खरिद गर्न सकिने भएको छ । दीपलको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले २० प्रतिशत डाउन पेमेन्टमा दीपलका कुनै पनि कार खरिद गर्न सक्ने स्कीम ल्याएको हो ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाले विद्युतीय सवारी साधनमा ४० प्रतिशत अनिर्वाय डाउन पेमेन्ट गर्नु पर्ने ब्यवस्था गरेपछि सुस्त भएको ईभी बिक्रीलाई चलायमान बनाउन दीपलले पहिलेकै २० प्रतिशत डाउन पेमेन्ट स्कीम ल्याएको बुझ्न सकिन्छ ।
यो स्किमअन्तर्गत अब दीपलका ईभीहरु एल–०७ लाई मात्र १३ लाख ९९ हजार रुपैयाँ, एस–०७ १४ लाख ९९ हजार रुपैयाँ र एस–०७एल मात्र १६ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्ट गरी खरिद गर्न सकिनेछ । यसका अलावा, ग्राहकले फ्लटिंग बेसिसमा ८.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने छन् ।
अहिले बैंकमा चलिएरहेको ब्याजदर भन्दा केही बढी ब्याजदर अफर गरिएको छ । उक्त कर्जा एमएडब्लु हायर एन्ड पर्चेजमार्फत उपलब्ध हुनेछ । कर्जाको लागि आवश्यक प्रक्रिया मात्र दुई दिनमा पुरा हुने कम्पनीले जनाएको छ । यो स्किम काठमाडौं नक्सालस्थित मुख्य शोरुम लगायत देशभरका डिलरहरुमा समेत लागु हुन्छ ।
यो स्किमलाई अझै आकर्षक बनाउन एमएडब्लु वृद्धिले ग्राहकलाई ७ किलोवाट र ३ किलोवाटको चार्जर, अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र अन्य एसेसोरिजहरु गरी दुई लाख रुपैयाँसम्मको थप सुविधाको पनि व्यवस्था गरेको छ । यो अफर चैत्र ८ गतेदेखि १५ दिनका लागि लागु हुनेछ ।


