यामाहाकाे ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान सुरू, ७१ किलोमिटर माइलेज पाइने

काठमाडौं । रेजेडआर १२५ एफआई हाइब्रिडको लागि यामाहा नेपालले ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान सुरु गरेको छ ।

काठमाडौं । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले ७१ किलोमिटर माइलेज दिने एआरएआइले प्रमाणित गरेको बेन्चमार्क स्थापित गर्दै यामाहा नेपालले ‘हाइएस्ट माइलेज इन नेपाल’ आयोजना गरेको छ ।

एड्भान्स हाइब्रिड टेक्नोलोजीमा निर्माण भएको रेजेडअर १२५ एफआई हाइब्रिडले पावर, दक्षता र स्मार्ट इनोभेसमा तयार भएको स्कुटरमा पर्फर्मेन्स र माइलेज दुवै खोज्ने राइडरहरूको लागि उपयुक्त विकल्प बनाउँछ।

रेजेडआर १२५ एफआई हाइब्रिडमा हाइब्रिड पावर असिस्ट प्रणाली रहेको छ जसले एक्सेलेरेशनको समयमा अतिरिक्त टर्क बूस्ट प्रदान गर्छ । साथै, यसको अन-बोर्ड डायग्नोस्टिक्स प्रणालीले निरन्तर रियल-टाइम इन्जिन हेल्थको निगरानी गर्दछ यसले स्कुटरको हेल्थको जानकारी चालकलाई दिन मद्धत गर्छ ।

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड आगामी नेपाल सुपर लिग सिजन ३ मा काठमाडौँ रेजर्स टिमको टाइटल स्पोन्सरसमेत रहेको छ ।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताको लागि परिचित नेपालको एक अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो। देशभर व्यापक उपस्थिति भएको यामाहाले नवीन उत्पादनहरू र असाधारण आफ्टर सेल्स सर्भिसको सेवा उपलब्ध गराउँदै आएको छ ।


Back_to_top