फोर ह्वील ड्राइभ रिडारा पिकअप सार्वजनिक, सुरूवाती मूल्य ८० लाख

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक पिकअप रेडाराको फोरह्वील ड्राइभ अप्सनको बिक्री सुरू भएको छ । नेपालका लागि रेडाराको आधिकारिक बिक्रेता सीजी मोटर्सले रेडाराको फोर ह्वील ड्राइभ माेडल तीन भेरियन्टमा बिक्री सुरू गरेको हो ।

सीजी मोटर्सले आज ललितपुर हात्तिवन रिसोर्टमा एक कार्यक्रम आयोजना गर्दै रिडारा फोर ह्वील ड्राइभ सार्वजनिक गरेको हो ।

नेपाली बजारमा रेडारा फोर ह्वील ड्राइभको तीन फरक भेरियन्ट उपलब्ध रहेको छ । रेडारा फोरह्वील ड्राइभको ३ भेरियन्टमा बेस अप्सन, विथ सनरुफ तथा सनरुफ विथ ड्युलटोन कलर रहेको छ । यसको मूल्य बेस अप्सनको ७९ लाख ९९ हजार रुपैयाँ, विथ सनरुफको ८१ लाख ९९ हजार र ड्युलटोन कलर विथ सनरुफको ८२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

रेडारा फोर ह्वील ड्राइभमा फ्रन्टमा ११५ किलोवाट र रियरमा २०० किलोवाटको ड्युल मोटरसेटअप छ । यो मोटरले संयुक्त रुपमा ४२२ हर्सपावर तथा ५९५ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । यसको टपस्पीड १९० किलोमिटर प्रतिघण्टा छ ।

फोर ह्वील ड्राइभ रेडारामा ७३ किलोवाट आवरको टर्नरी लिथियम आयोन ब्याट्री रहेको छ । यो ब्याट्रीले एकपटकको फुलचार्जमा ४२४ किलोमिटरको रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ । यो ब्याट्रीलाई ११० किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ३० मिनेटमै ३० बाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

पिकअप ट्रक सेग्मेन्टको भए पनि यो ईभीमा एसयूभीको जस्तै अत्याधुनिक क्याबिन फिचर रहेको छ । रेडाराको क्याबिनमा १४।६ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट डिस्प्ले, १०‍‍‍.२५ इन्चको इन्स्ट्रुमेन्ट स्क्रीन, भ्वाइस कमाण्ड, ८ वटा स्पीकर, ५० वाटको वायरलेस स्मार्टफोन चार्जिङ प्याड, ड्युलजोन एयर कण्डिसन, रियर प्यासेन्जर एसी भेन्ट, प्यानारोमिक सनरुफ, सिक्सवे पावर एड्जस्टेबल फ्रन्टसिट, इलेक्ट्रीक मल्टिफङ्सनल स्टेरिङ ह्वील, ५४० डिग्री सराउण्ड भ्यू क्यामरा आदि रहेको छ । यो पिकअपमा आउटडोर क्याम्पिङको लागि ६ किलोवाटको पावर आउटपुट अप्सन (भीटूएल) समेत रहेको छ ।

सुरक्षाका लागि ६ वटा एयरब्याग, चारै चक्कामा डिसब्रेक, १४ फिचर भएको एडास सिस्टम, इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल लगायत फिचर रहेको छ ।

अफरोड क्यापेबल रेडारा फोरह्वील ड्राइभमा १८ इन्चको ह्वील तथा २२५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । यो पिकअपमा स्याण्ड, मड, अफरोड, वेडिङ, इकोनमी, कम्फर्ट र स्पोट्स गरी ७ प्रकारको ड्राइभिङ मोड रहेको छ । यसको वाटर वेडिङ क्यापासिटी ८१५ एमएमको रहेको छ ।

रेडारा ईभीको कार्गो बेडमा १२०० लिटरको कार्गोस्पेश रहेको छ । यसको कार्गो क्षमता १०३० केजीको हो । यसका अलावा अगाडि फ्रङ्कमा ७० लिटर तथा रियर प्यासेन्जर सिटमुनि ४८ लिटरको स्टोरेज स्पेश समेत रहेको छ । रेडारा इलेक्ट्रीक पिकअपको ३ हजार किलोसम्मको टोइङ क्यापासिटी रहेको छ ।


Back_to_top