टोयोटाले भारतमा बनाउँदै ‘आर एण्ड डी सेन्टर’, हजार इन्जिनियरले काम गर्ने

काठमाडौं । पछिल्लो समय भारतमा राम्रो बजार पाइरहेको जापानी ब्राण्ड टोयोटाले ‘आर एण्ड डी सेन्टर’ स्थापना गर्ने भएको छ । कम्पनीले आफ्नो पहिलो आर एण्ड डी सेन्टर बैगलुरुमा बनाउने भएको हो ।

टोयोटाले सुरुवातमा २०० जनाको टिमसहित स्थापना गर्न लागेको आर एण्ड डी सेन्टरमा सन् २०२७ सम्ममा एक हजार इन्जिनियर हुनेछन् । टोयोटाले गत वर्षबाट भारतलाई मध्यपूर्व, पूर्वि एशिया र आसियान क्षेत्रको हवको रुपमा मानेको छ । त्यसैले भारतमा लगानी वृद्धि गर्न लागेको हो ।

कम्पनीले भारतलाई ‘क्लिन र ग्रिन टेक्नोलोजी’का लागि ग्लोबल हबको रुपमा विकास गर्न सिरिज अफ इन्भेस्टमेन्ट घोषणा गरको छ । साथै, अर्को जापानी ब्राण्ड सुजुकी मोटर्स कर्पोरेशनसँग पनि भारतमा सहकार्य गर्दै आएको छ ।

टोयोटाले अहिलेसम्म भारतमा ईभी र प्लगइन हाइब्रिड हाइब्रिड कार ल्याएको छैन । ब्लुमबर्गका अनुसार टोयोटाको सुजुकी मोटर्समा ५.४ प्रतिशत हिस्सेदारी समेत छ ।

टोयोटाको भारतमा बन्ने आर एण्ड डी सेन्टर जापान बाहिर एसिया प्यासेफिकमा तेस्रो हो । यसअघि नै कम्पनीले चीन र थाइल्याण्डमा आर एण्ड डी सेन्टर स्थापना गरिसकेको छ ।


Back_to_top