काठमाडौं । टीभीएसले इलेक्ट्रीक स्कुटर आइक्यूब एक्सपछि प्रिमियम इलेक्ट्रीक मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले इलेक्ट्रीक दुई पाङ्ग्रेमा लगभग २५ प्रतिशतको बजार हिस्सा ओगट्न सफल भएको अवस्थामा इलेक्ट्रीक मोटरसाइकल सेग्मेन्टमा प्रवेश गर्ने तयारी थालेको हो ।
इलेक्ट्रीक मोटरसाइकलको सेग्मेन्ट भारतमा अझै पनि बढ्न सकेको छैन । यस्तोमा टीभीएसले इलेक्ट्रीक मोटरसाइकलको पेटेन्ट दर्ता गराएको छ ।
टीभीएसले गतवर्ष भएको ई-ओएमसी च्याम्पियनसिपमा अपाचे आरटीइ इलेक्ट्रीक मोटरसाइकलले रेस गरेको थियो । कम्पनीले रेसिङ प्रयोजनका लागि आरटीइ तयार पारिसकेको छ ।
भर्खरै पेटेन्ट दर्ता गराएको इलेक्ट्रीक मोटरसाइकलमा मिड माउन्ट एयर कुल्ड मोटर छ । कम्पनीले पुर्णरुपमा नयाँ प्लेटर्फममा इलेक्ट्रीक मोटरसाइकल बनाउने भएको हो । यसमा बेल्ट ड्राइभ सिस्टम हुनेछ ।
कम्पनीले यसमा दुई ब्याट्री प्याक दिने भएको छ । इन्धन ट्याङ्ककै स्थानमा दुबैतर्फ ब्याट्री रहने छ । यसले मोटरसाइकलको तौल र सन्तुलन दुबै राम्रो बनाउँछ । यसमा कम्पनीले फिक्स ब्याट्री दिनेछ ।
पेटेन्ट इमेजका आधारमा यसमा सिंगल साइडेड स्वीङ आर्म हुनेछ । कम्पनीले प्रि-लोड एड्जष्टेवल मोनोसक सस्पेन्सन र यूएसडी फर्क सस्पेन्सन सेटअप दिनेछ । यसमा दिइने डबल ब्याट्री प्याकले मोटरसाइकल फुल्ली फियर्ड डिजाइनमा हुने संकेत गर्छ ।


