काठमाडौं । टाटा मोटर्सले भोलि (चैत २९ गते)देखि देशभर ‘नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव’ आयोजना गर्ने भएको छ ।
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८२ को अवसरमा उक्त एक्सचेन्ज उत्सव संचालन गर्न लागेको हो ।
वैशाख २ गतेसम्म संचालन हुने एक्सचेन्ज उत्सवमा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटाको नयाँ टियागो, पन्च, नेक्सन के ३ र कर्भ ईभी साट्न सक्नेछन् ।
त्यस्तै, पुराना गाडी साटी टाटाका नयाँ ईभी किन्न चाहने ग्राहकले २० प्रतिशत डाउन पेमेन्टमै गाडी लैजना सक्ने छन् । साथै, ग्राकहले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क चार्जिङ बक्स (जडान सहित) एवं निःशुल्क एभीटीसहित हरेक बुकिङमा आकर्षक उपहार पनि पाउने कम्पनीले जनाएको छ ।
ग्राहकले देशभर रहेका टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन् ।


