नयाँ वर्षमा मिनी कार किन्दा पाइन्छ २.९१ लाख छुट

काठमाडौं । बीएडब्लू इलेक्ट्रीकले नयाँ वर्ष २०८२ अफर सार्वजनिक गरेको छ । बीएडब्लू इलेक्ट्रीकको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ब्रम्बी कारमा भारी छुटसहितको नयाँ वर्ष स्कीम ल्याएको हो ।

कम्पनीका अनुसार नयाँ वर्ष स्कीममा ब्रम्बी मिनी कार किन्ने ग्राहकले २ लाख ९१ हजार रुपैयाँ नगद छुट पाउने छन् ।

यसअघी नेपाली बजारमा २२ लाख ९० हजार रुपैयाँमा बिक्री भइरहेको ब्रम्बी मिनी कार नयाँ वर्ष स्कीममा किन्दा १९ लाख ९९ हजार रुपैयाँमा पाइन्छ ।

चार जनाले यात्रा गर्न सक्ने ५ ढोका भएको ब्रम्बी इलेक्ट्रीक ह्याचब्याकमा १७.२८ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई फुलचार्ज गर्दा २०५ किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।

बीएडब्लूले ब्रम्बी ह्याचब्याकमा ३० किलोवाट पिकपावर भएको इलेक्ट्रीक मोटर दिएको छ । यसको रेटेड पावर १५ किलोवाट छ ।
यसको लम्बाइ ३५३२ एमएम, चौडाइ १४९८ एमएम र उचाइ १६०५ एमएम छ । यसमा २२७५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । रियर ह्वील ड्राइभ मोटर दिइएको कारमा अगाडि चक्कामा डिस्क र पछाडि चक्कामा ड्रम ब्रेक दिइएको छ ।

दुई कलरमा सजिएको इन्टेरियर, १०.२५ इन्चको इन्टेलिजेन्ट डिस्प्ले, पार्किङ राडार, ३६० डिग्री क्यामेरा, हाइटेक सेफ्टी फंसन जस्ता फिचर यसमा रहेका छन् ।


Back_to_top