महिन्द्रको नयाँ शोरुम ओखलढुङ्गामा

काठमाडौं । अग्नि ग्रुपले हालै आफ्नो महिन्द्रा गाडीका लागि ओखलढुङ्गामा आफ्नो आधिकारिक नयाँ शोरुमको स्थापना गरेको छ । कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित रुम्जाटार अटो मोबाइल्सले यस आसपासका क्षेत्रहरुमा आफ्नो गुणस्तरीय एवं आधिकारिक सेवा प्रदान गर्ने बिस्वास लिएको छ । 

शो रुमको समुद्घाटन कम्पनीका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, प्रदेश नं १ का संसद अम्बिरबाबु गुरुङ्गले गरेका थिए । उक्त समारोहमा सरकारी एवं गैरसरकारी प्रतिनिधी एवं स्थानीय व्यक्तित्वहरुको सहभागीता रहेको थियो । 

हालै स्थापना गरिएको रुम्जाटार अटोमोबाइल्सबाट जेन्यून पार्टस पाइनुका साथै, विक्रीएवं विक्री पछिको सेवाप्रदान गरिने कुरा शोरुमका प्रबन्ध निर्देशक राज घलेले बताए । 

स्थापना गरिएको शोरुमबाट आफ्ना सम्पूर्ण रेन्जका फोरह्वील सवारी,  सर्भिसिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने छन् । ओखलढुङ्गा स्थित नयाँ शोरुम तथा सर्भिस सेन्टरले ओखलढुङ्गा आसपासका वासिन्दाहरुले न्यूनतम मूल्यमा कम्पनीको गुणस्तरीय सेवा तथा सुविधा पाउनुहुने विश्वास कम्पनीले लिएको छ  ।  

“कम्पनी केवल सवारी बिक्री गर्न तर्फमात्र केन्द्रितनभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको कुरा” उल्लेख गरे ।  चाहिएको वेला सर्वसुलभ तरिकाबाट समयमै ग्राहकरुलाई स्पेयरपार्टहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहदैं आएको छ । 


Back_to_top