प्रदेश–१ का ९ सडक स्तरोन्नति हुँदै (सूचिसहित)

काठमाडौं । प्रदेश–१ का ९ सडक स्तरोन्नति हुने भएका छन् । सडक विभाग डिभिजन कार्यालय इलामले सडक स्तरोन्नति गर्न भन्दै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न लागेको हो । 

विभागकाअनुसार पाँचथर, ताप्लेजुङ र इलाम जिल्लाका सडक विस्तार गर्नका लागि डीपीआर तयार पार्न खोजीएको हो । 

विभागका योजना अनुगमन तथा मूल्याङ्कन शाखा प्रमुख अर्जुन सुवालकाअनुसार ताप्लेजुंगको ५, पाँचथरको २ र इलामको २ सडक विस्तार गर्न लागेको हो । 

‘अहिले यी सडक साँघुरा छन्, यसलाई बढाएर २ लेनको बनाउन लागेका हौँ, आवश्यक डीपीआरको लागि विभागमा प्रस्ताव आएको छ,’ सुवालले मेरोअटोसँग भने । 

उनले प्रस्तावको विषयमा मूल्याङ्कन भइरहेको र चाँडै आवश्यक रकम विनियोजन गरी डिभिजनलाई डीपीआरका लागि स्वीकृति गर्ने तयारीमा जुटेको जानकारी दिए । 

ताप्लेजुङ

ताप्लेजुङका ५ वटा सडक खण्ड स्तरोन्नति गर्न लागिएको हो । पाँचथर लुम्बिनी पुलबाट कन्चनजंगा बेस क्याम्पसम्मको काबेली करिडोरको ७५ किलोमिटर सडकको स्तरोन्नतिका लागि डीपीआर प्रस्ताव माग गरिएको हो । सडक विभागमा प्रस्ताव राखिएको विभागले जानकारी दिएको छ । 

ताप्लेजुंग सदरमुकामदेखि हिरेवा दोभान खोक्सिङ फूङफूङ्गे झर्ना हुँदै पापुङ्गेबाट ओलाचुङ्गोला सडक खण्डको ५० किलोमिटर डीपीआर निर्माणका लागि प्रस्ताव आएको छ । 

चतरा सुनसरी धनकुटा मूलघाट ताप्लेजुङ दोभान ओलाचुङ्गोला ताप्लापास (तमोर करिडोर निर्माणका लागि प्रस्ताव आएको हो । सो सडक ४० किलोमिटर रहेको छ । 

ताप्लेजुङ बमहानन्दे दोभानचाँगे ढुङ्गेसाँघु सडकको डीपीआर निर्माणका लागि प्रस्ताव गरिएको छ । उक्त सडक खण्डको ३० किलोमिटर डीपीआर निर्माणको लागि प्रस्ताव गरिएको हो । 

यस्तै, दोभान ओलाचुङ्गोला सडक खण्डको डीपीआर निर्माणका लागि विभागमा प्रस्ताव आएको छ । सो सडक खण्डको २० किलोमिटर डीपीआर निर्माणका लागि प्रस्ताव आएको हो । 

पाँचथर

पाँचथरको २ सडक खण्ड स्तरोन्नति गर्न लागिएको छ । पाँचथरको ताप्लेजुङ तीन सिमाना फलोट सडक खण्डको २५ किलोमिटर सडक डीपीआरका लागि सडक विभागमा प्रस्ताव आएको छ । 

सोही जिल्लाको यासोक माजवुङ्ग मौवा–लिम्वा सडक खण्डको ३० किलोमिटर डीपीआर निर्माणका लागि प्रस्ताव आएको हो । 

इलाम

इलामको २ सडक खण्ड स्तरोन्नति गर्न लागिएको छ । इलामको भालुखोप खुदनाबारी सडक खण्डको २४ किलोमिटर डीपीआरका लागि प्रस्ताव आएको हो । 

इलाम नगरपालिका ५ भञ्जयाङ्ग राकसे दानाबारी हुँदै झापा जोड्ने सडकको डीपीआर निर्माणका लागि प्रस्ताव आएको छ । सो सडक खण्ड ३५ किलोमिटर रहेके छ ।


Back_to_top