गोसनले बनायो ४०% बढी रेन्ज दिने सोलिड स्टेट ब्याट्री

काठमाडौं । अहिले बजारमा चल्तीमा रहेका ब्याट्रीको तुलनामा ४० प्रतिशत बढी इनर्जी डेनसिटी भएको ब्याट्री उत्पादन भएको छ । चिनियाँ हाइभोल्टेज ब्याट्री उत्पादक गोसनले बनाएको सोलिड स्टेड ब्याट्रीले ४० प्रतिशत बढी रेन्ज दिनेछ ।

निर्माता कम्पनी गोशनका अनुसार उसले बनाएको सोलिड स्टेट ब्याट्रीको इनर्जी डेन्सीटी ३५० वाट आवर प्रतिकेजी छ । यो अहिले चल्तीमा रहेका मुख्य उत्पादकको लिथिएम टर्नरी ब्याट्री प्याकभन्दा ४० प्रतिशत धेरै हो ।

चिनियाँ हाइभोल्टेज ब्याट्री उत्पादक कम्पनी गोसन हाई टेक एड्भान्स सोलिड स्टेट ब्याट्री अनभिल गरेको छ । अहिले परीक्षणकालीन उत्पादन गरिरहेको कम्पनीले आगामी २ वर्ष भित्र नयाँ जेनेरेशन सोलिड स्टेट ब्याट्रीको ब्यवसायीक उत्पादन सुरु गर्ने योजना बनाएको हो ।

गत मे १७ तारिकमा भएको टेक्नोलोजी कन्फ्रेन्समा घोषणा गरिएको नयाँ सोलिड स्टेट ब्याट्री प्लान्टको डिजाइन क्यापासिटी ०.२ गिगावाट आवर रहेको छ । कम्पनीका अनुसार नयाँ सोलिड स्टेट ब्याट्री इलेक्ट्रीक भेहिकलमा जडान गरेर परीक्षण भइरहेको छ ।

कम्पनीले ३६५ दिनको परीक्षण सकाएपछि नयाँ सोलिड स्टेट ब्याट्रीले पिनप्रिक, हट बक्स, ओभर चार्जर र क्रस टेस्ट जस्ता परीक्षणमा सहभागिता जनाउनु पर्ने हुन्छ ।

गोसन हाईटेक विश्वको प्रमुख ब्याट्री उत्पादक मध्य एक हो । जनवरीदेखि मार्च महिनासम्मको तथ्यांक अनुसार गोसनको हाइभोल्टेज ब्याट्रीको बजार हिस्सा ३.५ प्रतिशत रहेको छ ।


Back_to_top