काठमाडौं । सुजुकीको मोटरसाइकल तथा स्कुटरमा अफर सुरु भएको छ ।
नेपालका लागि सुजुकीको आधिकारिक बितरक भीजी अटोमोबाइल्सले सुजुकीको मोटरसाइकल तथा स्कुटरको एक्स्चेन्जमा ‘बिट दी हिट’ नामक अफर सुरु गरेको हो ।
यस अफर अन्तर्गत ग्राहकले आफुसँग भएको जुनसुकै ब्राण्डको पुराना दुइ पाङग्रे साधनसँग सुजुकीका नयाँ मोटरसाइकल तथा स्कुटरसँग साट्न सक्नेछन् । यसरी एक्सचेन्जमा ग्राहले पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्यांकलनमा थप २५ हजार रुपैयाँसम्म एक्स्ट्रा बोनस पाउने छन् ।
यसका अलावा कम्पनीले आफ्ना ग्राहकलाई विभिन्न खाले सुबिधाहरु सहितको पन्च वर्षे योजना पनि दिदै आइरहेको छ । यो अफर सुजुकीको सम्पुर्ण आधिकारिक शोरुमहरुमा लिन पाइने छ ।
सुजुकीले नेपाली बजारमा भी स्ट्रोम २५०, जीक्सर, वर्गम्यान, एभेनिस जस्ता मोडल बिक्री गर्दै आएको छ ।


