होन्डाका मोटरसाइकल किन्न २९ मिनेटमा कर्जा, ब्याज १% मात्रै

काठमाडौं । होन्डाको मोटरसाइकल तथा स्कुटरमा फाइनान्स अफर सुरु भएको छ । नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाका मोटरसाइकल तथा स्कुटरमा ३६ महिनासम्मको कर्जा अवधि भएको फाइनान्स योजना सुरुवात गरेको हो ।

कम्पनीले कुनै झन्झट बिनानै होन्डा इजी फाइनान्स सेवा मात्रै २९ मिनेटमै उपलब्ध गराउने छ । यसमा स्याकार हायर पर्चेज फाइनान्सले सहज रुपमा ग्राहकका लागि लोन सुबिधा प्रदान गर्ने भएको हो । यसमा फाइनान्स कम्पनीले लिने सर्भिस चार्ज पनि लाग्ने छैन ।

साथै, फाइनान्समा होन्डाको मोटरसाइकल वा स्कुटर किन्दा ग्राहकहरुले कोही पनि ग्यारेन्टर राख्न नपर्ने सुविधा दिएको छ । यसअघि ग्यारेन्टर नराखी कर्जा दिदैन थियो ।

ग्राहकले फाइनान्समा होन्डाको मोटरसाइकल वा स्कुटर खरिद गर्दा ३६ महिनासम्मको कर्जा अवधि पाउने छन् । यस कर्जा अवधिमा कुनै एक मोडल छनोट गरी खरिद गर्दा ग्राहकले ४० प्रतिशत, ५० प्रतिशत र ६० प्रतिशत डाउन पेमेन्टको छनोट पाउने छन् ।

कम्पनीले १ प्रतिशत ब्याजदरमै मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आइरहेको छ । १ प्रतिशत मात्रै ब्याजदर तिर्नेगरी साधन किन्नेले ६० प्रतिशत डाउन पेमेन्ट र १२ महिना भित्र बाँकी रकम किस्तामा तिर्नुपर्छ ।

यसका अलावा अन्य फाइनान्स सुबिधा पनि कम्पनीले ३६ महिना भित्र कर्जा चुक्त गर्ने सुविधा पनि ल्याएको छ । यस स्कीममा ४० प्रतिशत डाउन पेमेन्ट गर्दा १५ प्रतिशत ब्याज लाग्ने छ । ५० प्रतिशतमा १४.५० प्रतिशत र ६० मा १४ प्रतिशत मात्रै ब्याजदर लाग्छ ।

ग्राहकले आफुसँग भएको कुनै पनि पुराना दुई पाङग्रे साधनसँग होन्डाका जुनसुकै मोडल छानेर एक्सचेन्ज पनि गर्न पाउने छन् ।


Back_to_top