बिभिन्न स्थानमा रिफ्रेसमेन्ट र फिटनेस सेन्टर बनाउन सरकारलाई निर्देशन

काठमाडौं । विकास समितिका सभापति कल्याणी खड्काले रोड सेफ्टी काउन्सिल निर्माणका लागि सरकारलाई निर्देशन दिइसकेको जनाएकी छिन् । वेल्ट एन्ड रोड इनिसेटीभको दोस्रो सम्मेलनमा बेल्दै उनले रोड सेफ्टी काउन्सील निर्माणका लागि मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिएकी हुन् । 

उनले गुणस्तर हिन सडक र सुरक्षीत यात्रामा सरकारले ध्यान नदिएको र जथाभाबी दुर्घटना भएको भन्दै रोड सेफ्टी काउन्सिल निर्माणसँगै ठाउँ–ठाउँमा रिफ्रेसमेन्ट र फिटनेस सेन्टर बनाउन निर्देशन दिएको जनाएकी हुन् । 

मुलुकमा सुरक्षीत यातायातको चेतनालाई बढाउन र त्यसकालागि उचित संरचना निर्माण गर्न आवस्यक रहेको भन्दै खड्काले त्यतातर्फ ध्यान दिन मन्त्रालयलाई निर्देशन दिएकी थिइन् ।

‘मास्टर प्लान बीना हुने गरेका विकास निर्माणका कारण देशले धेरै क्षति बेर्होनु परेको छ’ कार्यक्रममा बोलदै खड्काले भनिन् अब राज्यले व्यवस्थित विकास निर्माणको काम एउटा मास्टर प्लानसहित अघि बढाउनु पर्छ ।  

केही ढिलो होला, बरु हामी गाली खान तयार छौँ तर, आगामी दिनमा गुणस्तर र सुरक्षीत विकास निर्माण हुनुपर्छ भन्नेमा हामी अडिग छौँ,’ खड्काले भनिन् ।

वेल्ट एन्ड रोड इनिसेटीभको दोस्रो संम्मेलन काठमाडौंमा फेब्रुवरी २६ र २७ तारिखमा भएको थियो । 


Back_to_top