काठमाडौं । काठमाडौंको टोखामा विष्णुमती खोलामा आएको बाढीले एउटा कार बगाएको छ । गएराति १० बजेतिर टोखा ग्राण्डी हस्पिटल नजिकबाट खोलाले बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको विद्युतीय कार बगाएको हो ।
बाढीले बगाएको कारका चालक ३५ वर्षीय अंकुश सिंहले खोला किनारमा हाम फालेर ज्यान जोगाएका थिए । त्यस्तै, बगाएको कार भित्र रहेकी ३४ वर्षीया भावना ओली प्रहरी र स्थानीयले बानियाटार पुल नजिकबाट सकुशल उद्धार गरेका थिए ।
उद्धार गरिएकी महिला र उद्धारको क्रममा घाइते भएका अरु दुई जनाको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।
ग्रान्डी अस्पता नजिकैबाट बगाएको उक्त कार बानियाटार पुल नजिकै अड्किएको थियो । उक्त कारलाई राति पौने १२ बजेतिर क्रेनको सहायताले बाहिर निकालिएको थियो ।


