बलियो बन्दै ‘एमजी एस-फाइभ’, यी हुन् भूल्नै नहुने ४ कुरा

काठमाडौं । पारामाउन्ट मोटर्सले सन् २०२५ मार्च पहिलो साताबाट बिक्री सुरू गरेको एमजी एस-फाइभ छोटो समयमा १ हजार युनिटभन्दा बढी आयात भएको मोडल हो । कम्पनीले जेठ १४ गतेसम्ममा १ हजार ५१ युनिट एस-फाइभ नेपाल ल्याइसकेको छ ।

कम्पनीले ४ महिनाभन्दा छोटो समयमा कति युनिट खुद्रा बिक्री पूरा गरेको छ भन्ने तथ्यांक बाहिर ल्याएको छैन । तर, ४ महिनाको अवधिमा ४०० हाराहारी एस-फाइभ बिक्री भइसकेको अनुमान गर्न सकिन्छ ।

तीव्र प्रतिस्पर्धी सेग्मेन्टमा उपलब्ध कम्प्याक्ट क्रसओभर एसयूभी एस-फाइभले ग्राहकलाई राम्रै संख्यामा तानेको शोरुममा चलिरहेको चहलपहलले पनि संकेत गर्छ । अहिले काठमाडौं रहेका कार शोरुम मध्ये राम्रै संख्यामा कार हेर्न आउनेहरू एमजीको शोरुममा पुग्ने गरेको देखिन्छ ।

पारामाउन्ट मोटर्सका जनरल मेनेजर सुनिलबहादुर क्षेत्री बजेटपछि बिक्री केही स्लो भए पनि आगामी महिनादेखि बढ्ने बताउँछन् ।

उनी भन्छन्, ‘असार र साउन वर्षाको समयम हो । जेठमा बजेटमा के हुन्छ भनेर धेरैले गाडी किन्नु भएको छ । यस पटक साउन २१ बाटै नाइमा नेपाल मोबिलिटी एक्स्पो हुँदैछ । त्यहाँबाट राम्रै बिक्री बढ्ला । अहिले पनि हाम्रो शोरुमबाट दैनिक गाडी डेलिभरी भइरहेको छ ।’

एमजी एस-फाइभको निम्न सबल पक्षको कारण धेरैले यसलाई छनोट गरेका हुन् ।

आकर्षक मूल्य र एमजीको ब्राण्ड नेम

नेपालमा ईभी बिक्रीमा परिवर्तन ल्याउने मध्येको एक ब्राण्ड एमजी हो । उसले यसअघि बिक्री गरेको जेडएस ईभीको सफलता हामी सबैमाझ ताजै छ । त्यसको फाइदा एस-फाइभलाई पनि पुगेको देखिन्छ । मूलय पनि निकै आकर्षक छ । सानो ब्याट्रीमा दुई भेरियन्ट र ठूलो ब्याट्रीमा एक भेरियन्ट उपलब्ध छ । यसको सुरूवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ मात्रै छ । सबैभन्दा टप भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

उत्कृष्ट रेन्ज र सस्पेन्सन

एमजी एस-फाइभमा ४९ किलोवाट आवर र ६२ किलोवाट आवरको ब्याट्री छन् । सानो ब्याट्रीले ३४० किलोमिटरदेखि र ठूलो ब्याट्रीले ४३० किलोमिटरसम्म रेन्ज दिन्छ । कम्पनीले यसको पछाडि इन्डिपेन्डेन्ट सस्पेन्सन रहेको कारण सुरक्षा लगायतका विषयमा पनि अब्बल छ ।

आधुनिक प्रविधि र सुविधा

एमजी एस-फाइभ ईभीमा आई-स्मार्ट एपहरू छन् । स्पोर्टीफाइ, युट्युब, टिकटक जस्ता एपहरू इन्ब्युल्ट पाउन सकिन्छ । जसले आधुनिक उपभोक्तालाई मनोरञ्जन र कनेक्टिभिटी प्रदान गर्छ । साथै, यसको डिजाइन र ड्राइभिङ डाइनामिक्सले उत्कृष्ट अनुभव दिन्छ ।

सहरी क्षेत्रको लागि गरिएको विशेष डिजाइन

एमजी एस-फाइभ कम्प्याक्ट क्रसओभर एसयूभी हो । यसले सहरी क्षेत्रमा सजिलो पार्किङ र ह्याण्डलिङ प्रदान गर्छ । यसको डिजाइन र फिचरहरूले युवा र प्रविधिमा रुचि राख्ने उपभोक्तालाई आकर्षित गर्छ । स्पेसियस क्याबिन यसको बिक्रीमा अर्को महत्वपूर्ण भूमिका निर्वाह गर्ने विषय हो ।


Back_to_top