काठमाडौं । सेरेस नेपालले देशभर ‘मनसुन एक्सचेन्ज क्याम्प’ संचालन गरेको छ । कम्पनीले असार १२ देखि सुरु गरेको यो क्याम्प १८ गतेसम्म संचालन हुनेछ ।
यो क्याम्प ग्राहकलाई दिगो र भविष्यमैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले आफूसँग भएका जुनसुकै पुराना गाडी सेरेस ३ सँग साट्न पाउने छन् । साथै, ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, अटोप्लस बीमा, प्रिमियम एक्सेसरिज र विशेष नगद छुट लगायत अफरहरू पाउने छन् ।
यो योजना नेपालभरका सेरेसका सबै आधिकारिक शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
आफ्नो आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र भरपर्दो पर्फर्मेन्सका कारण सेरेस नेपाल र अन्तर्राष्ट्रिय बजार दुवैमा चर्चित छ । सेरेस ३ ले इन्डोनेसियाको ‘२०२५ पेरिक्लिन्डोइलेक्ट्रिक भेइकल शो’मा तीन वटा ‘बेस्टईभी’ अवार्ड समेत जितेर आफूलाई अब्बल प्रमाणित गरेको छ ।


