३ हजार कार बोकेको जहाज २० दिनपछि डुब्यो, कारण बन्यो ईभी

काठमाडौं । गत सोमबार प्यासिफिक ओसियनमा एक कार्गो जहाज आगलागी पछि डुबेको थियो । प्रारम्भिक चरणमा आगलागी हुनुको कारण बाहिर नआए पनि अहिले जहाजको डेकमा रहेको ७५१ इलेक्ट्रीक कार मध्य एउटाबाट आगलागी सुरु भएको तथ्य बाहिर आएको हो ।

६०० फिट लम्बाइ भएको मर्निङ मिडास नाम भएको उक्त जहाजमा ७० ब्याट्री इलेक्ट्रीक, ६८१ वटा हाइब्रिड र २ हजार २९७ वटा पेट्रोलियम पदार्थबाट चल्ने कारहरु चीनबाट मेक्सीको लगिदै थियो ।

ब्लुमबर्गका अनुसार जुन ३ मा भएको उक्त दुर्घटना अमेरिकाको अलास्काभन्दा करिब ४९० किलोमिटर टाढा भएको थियो । सुरुवातमा धुवाँ मात्र निस्किएको तस्बिरहरु बाहिर आएका थिए । धुवाँ निस्किएको २० दिनपछि जहाजमा पानी पसेर जुन २३ को दिन समुन्द्रमा डुबेको हो ।

सुरुवाती दिनमै जहाजमा रहेका २२ कु्र मेम्बरलाई लाइफ बोटको सहायताले बाहिर ल्याइएको थियो । उक्त जहाजमा चेरी र एसएआईसी कम्पनीले बनाएका गाडीहरु थिए । प्रारम्भिक रिपोर्टका अनुसार ब्याट्रीमा हुने केमिकलकै कारण आगलागी भएको अनुषन्धानमा रहेका अधिकारीहरुले बताएका छन् ।

ईभीको ब्याट्रीमा हुने लिथियम आयोन ब्याट्री प्याकमा सर्ट सर्किट वा कुनै कारणले ड्यामेज भएमा ठूलो आगालागी हुनेगर्छ । बीच समुन्द्रामा तापक्रम समेत धेरै हुन्छ । जहाजमा अग्नी नियन्त्रणको लागि राखिएका औजारले निभाउन नसकिएपछि चालक दलले छाडेका थिए ।

लिथिएम आयनमा भएको आगलागी नियन्त्रणमा लिन १० हजार ग्यालेन पानी आवश्यक हुने इन्टरनेसनल एसोशियन अफ फायर फाइटरका सेन डेक्रेनले बताएका छन् ।

पछिल्ला बर्षहरुमा चीनमा बनेका लाखौ ईभीहरु युरोप, अष्ट्रेलिया तथा दक्षिण अमेरिकामा कार्गो जहाजका माध्यमबाट लाने गरिएको छ । यो घटनासँगै ईभी ट्रास्पोर्टेसनमा सुरक्षाको बारेमा थप प्रश्न उब्जेको छ । यसले भविष्यमा ईभीको ट्रान्जिट इन्स्योरेन्सको लागत पनि बढ्ने देखिएको छ ।


Back_to_top