सीएटीएल, बीवाइडी र बीएचपी बीच सम्झौता, किन गरे सहकार्य ?

काठमाडौं । विश्वकै दुई ठूला हाइभोल्टेज ब्याट्री उत्पादक कम्पनीहरू सीएटीएल र बीवाइडीसँग अष्ट्रेलियन माइनिङ कम्पनी ब्रोकन हिल प्रोपाइट्री (बीएचपी)ले एक सम्झौता गरेको छ । यी तीन कम्पनी बीचको साझेदारीको मुख्य कारण कार्बन उत्सर्जन घटाउनु हो ।

अष्ट्रेलियाको मेलवर्नमा हेडक्वार्टर रहको बीएचपीले माइनिङहरू संचलान गर्छ । त्यहाँ प्रयोग हुने सवारीसाधन र अन्य उपकरणबाट हुने कार्बन उत्सर्जन घटाउने कार्य तीव्र बनाउन दुई चिनियाँ ब्याट्री उत्पादकहरूसँग सम्झौता गरेको कम्पनीले जनाएको छ ।

बीएचपीसँगको सहकार्यमा सीएटीएल र बीवाइडीले ब्याट्री सिस्टमको सोलुसन, हेभी ड्यिुटी माइनिङ इक्युप्मेन्ट र फास्ट चार्जिङ इन्फ्रास्ट्रक्चर विकास गर्ने विषयमा केन्द्रित हुने बताइएको छ ।

तीन कम्पनी बीचको सम्झौता अनुसार बीएचपीको माइनिङ कार्यमा बीवाइडीले उत्पादन गरेका कमर्शियल र लाइट ड्युटी भेहिकलहरूको प्रयोग गरिनेछ । साथै, भविष्यमा खानीहरूमा प्रयोग हुने ढुवानीका साधनहरू डिजेललाई हटाउन अर्को विकल्प खोज्ने उल्लेख गरिएको छ ।

बीएचपीको सन् २०५० सम्ममा ‘ग्रीनहाउस ग्यास इमिसन नेट जिरो’ बनाउने लक्ष्य राखेको छ । यी दुई चिनियाँ जाइन्टसँगको सहकार्यपछि ब्याट्री रि-साइक्लिङ प्रोसेसलाई समेत बृहत बनाउने योजना बनाएका छन् ।

सन् २०२५ को जनवरीदेखि मेमहिनासम्म हाइभोल्टेज ब्याट्री मार्केटमा सीएटीएलको ३८.१ र बीवाइडीको १७.४ प्रतिशत बजार हिस्सा रहेको छ ।


Back_to_top