काठमाडौं । डोङफेङको फरथिङ फ्राइडे ईभी यही साउन २१ गतेदेखि आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा सार्वजनिक हुने भएको छ ।
नेपालका लागि फरथिङको आधिकारिक बिक्रेता लक्ष्मी ई-मोबिलिटीले नेपाली बजारमा प्रिमियम इलेक्ट्रीक एसयूभी फरथिङ फ्राइडे बिक्री सुरू गर्ने भएको हो ।
नेपाली बजारमा फरथिङ दुई भेरियन्टमा उपलब्ध हुनेछ । कम्पनीले प्रकाशित गरेको मूल्यसूची अनुसार लग्जरी भेरियन्टको ५६ लाख ९६ हजार रुपैयाँ र एक्जुकेटिभ भेरियन्टको ६२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
फरथिङ फ्राइडे एसयूभीमा ६४.४ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्रीप्याक छ । उक्त ब्याट्री प्याकलाई ११ किलोवाटको एसी चार्जरले ५.५ घण्टामा फुलचार्ज गर्ने कम्पनीले जनाएको छ ।
फरथिङको फ्राइडे मोडलको लम्बाइ ४६०० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६८० एमएम रहेको छ । यसमा २७१५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।
त्यस्तै, १२० किलोवाट आवारको डीसी फास्ट चार्जरले ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
पानारोमिक सनरुफ उपलब्ध कारमा १९ इन्चको स्पोर्टस् टायर दिइएको छ । इन्टेलिजेन्ट ४.० फ्युचर लिंक टेक्नोलोजी प्रयोग भएको कारमा १०.२५ इन्चका दुई स्क्रीन उपलब्ध छन् । ३६० डिग्री क्यामेरा, लेदर सिट, क्रिस्टल गियरनव यसमा पाउन सकिन्छ । इलेक्ट्रीक सिट मेमोरी इलेक्ट्रीक टेलगेट, हिटिङ र भेन्टिलेटेड फ्रन्टसिट, सिट मसाज लगायत फिचर रहेको छ ।

सुरक्षाका लागि यो ईभीमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, एचबीए, एएसआर, ईएसपी, अपहिल डाउनहिल असिस्ट, अटोमेटिक पार्किङ, फ्रन्ट पार्किङ राडार, अडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वानिङ, फ्रन्ट कोलुजन वार्निङ, ब्लाइण्ड स्पट डिटेक्सन, अटोमेटिक अनलग इन कोलुजन जस्ता फिचर रहेको छ ।
लक्ष्मी ग्रुपले नेपालमा हुन्डाई, बीएमडब्लू, केई, एसएमएल, इसुजु जस्ता विश्व प्रख्यात ब्राण्डहरू बिक्री गर्दै आएको छ । साथै, यस ग्रुपले सन् २०२४ मेदेखि नेपालकै पहिलो फोरह्वीलर गाडी एसेम्ब्ली प्लाण्ट लक्ष्मी मेटर कर्पेरेसन संचालनमा ल्याएको छ ।

त्यसैगरी, ग्राहकको सहजता र ईभी पूर्वाधार सुदृढ पार्न लक्ष्मी समूहले रिल्याक्स नामक ६३ भन्दा बढी रिचार्जनेटवर्कर रिपेयर स्टेसनहरूको सञ्जाल देशभर फैलाएको छ । जसले नेपालमा इलेक्ट्रीक गाडी प्रयोगलाई थप सरल र भरपर्दो बनाएको छ।


