काम नगर्ने ठेकेदारलाई पुरस्कार, नारायणघाट-बुटवल सडकको म्याद चौथो पटक थप

काठमाडौं । पटक पटक म्याद थप्दा पनि समयमै काम नगर्ने ठेकेदारलाई सरकारले उल्टो म्याद थपेर पुरस्कार दिएको छ । सरकारले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ(बुटवल सडकको म्याद चौथो पटक थपेको ।  ३ पटक म्याद थप्दा पनि काम नसकिएपछि चौथो पटक १ वर्ष म्याद थपिएको हो ।

२०७५ माघमा ४२ महिना भित्र काम सक्ने गरी सुरू गरिएको नारायणघाट-बुटवल सडक २०७९ साउन २२ भित्र सक्नुपर्थ्यो । तर, तोकिएको अवधिमा काम नसकिएपछि हरेक वर्ष साउनमा सरकारले १/१ वर्ष म्याद थप्दै आएको छ ।

नारायणघाट-बुटवल सडक योजनाका अनुसार २०८३ साउन ७ गतेसम्म म्याद थपिएको हो । २०७५ माघमा ४२ महिना भित्र काम सक्ने गरी सुरू गरिएको नारायणघाट-बुटवल सडक २०७९ साउन २२ भित्र सक्नुपर्थ्यो । तर, तोकिएको अवधिमा काम नसकिएपछि हरेक वर्ष साउनमा सरकारले १/१ वर्ष म्याद थप्दै आएको छ ।

आगामी वर्षको साउन ७ सम्म सबै काम सम्पन्न गरिसक्ने गरी म्याद थपिएको पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्रले जानकारी दिए ।

‘तेस्रो पटक थपिएको म्यादमा पनि आयोजनाको काम सकिएन । त्यसैले अबको १ वर्ष भित्रै सबै काम सम्पन्न गर्ने गरी चौथोपटक म्याद थपिएको हो,’ उनले मेरोअटोसँग भने ।

हालसम्म आयोजनाको समग्रमा ७० प्रतिशत भौतिक प्रगति भएको छ भने अझै ३० प्रतिशत काम बाँकी छ ।

११४ किलोमिटर नारायणघाट-बुटवल सडकलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहेको छ । दाउन्ने क्षेत्रको १३ किलोमिटर बाहेक अन्यत्र सबै क्षेत्रमा एकतर्फी दुईलेनमा कालोपत्र सम्पन्न भएको छ ।

पूर्वीखण्ड (नारायणगढ-दाउन्ने) पूर्वीखण्डको ६५ किलोमिटर सडकमध्ये हालसम्म ५० किलोमिटर बढी कालोपत्र भएको छ । साथै, २२ वटा साना पुल समेत निर्माण भइसकेका छन् ।

त्यस्तै, पश्चिम खण्ड (दाउन्ने-बुटवल) ४९ किलोमिटरको पनि ७० प्रतिशत काम सकिएको मिश्रले जानकारी दिए । यसखण्डको ४८ किलोमिटर बढी क्षेत्रमा कालोपत्र भएको छ ।

दुवै खण्ड विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । आयोजनको कुल अनुमानित लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।


Back_to_top