नाडामा देखाइएका भिन्टेज कारको कथा (भिडियोसहित)

काठमाडौं । नाडा अटो शोमा यसपटक ऐतिहासिक गाडी ( भिन्टेज कार) समेत प्रदर्शनी गरिएको थियो । विगतमा नयाँ मोडल र ब्राण्डका गाडी मात्रै प्रदर्शनी गर्दै आइएको अटो शोमा यसपटक दर्शकलाई आकर्षित गर्न उड्नेकारदेखि वर्षौं पुराना (भिन्टेज कार) प्रदर्शनी गरिएको हो ।

नाडामा देखाइएका भिन्टेज कारहरू जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहका हुन् । उनले विभिन्न समयमा नेपाल ल्याइएका पुराना कवाडी अवस्थामा पुगेका गाडीलाई मर्मत सम्भार गरी राखेका छन् ।

नाडामा राणाकालीन समयमा बोकाएर ल्याइएको फोर्डको मोड ए र बीसम्म प्रदर्शन गरिएको थियो । त्यस्तै, राजा महेन्द्रले चढ्ने मर्सिडिज, वेलायती ब्राण्ड सिंगर लगायत कारहरू देखाइएको थियो ।

नेपालमा भिन्टेज कार राख्न निकै महँगो पर्छ । १५ वर्ष पुरानो भएपछि हरेक वर्ष थप ५ प्रतिशतले बुढ्यौली कर लाग्ने भएकाले करमै धेरै रकम खर्चिनुपर्ने अवस्था छ । विश्वका अधिकांश देशमा भिन्टेज कारका लागि छुट्टै नियम हुने भए पनि नेपालमा हालसम्म कुनै व्यवस्था गरिएको छैन ।

नाडामा देखाइएको भिन्टेज कारका बारेमा जीओ अटोमोबाइलसका प्रबन्ध निर्देशक आकाशा गोल्छाका कुरा भिडियोमा हेरौं ।


Back_to_top