काठमाडौंको ४ दर्जन बढी ठाउँमा सवारी डाइभर्सन

काठमाडौं । आज काठमाडौंको ४ दर्जन बढी ठाउँमा सवारी साधन डाइभर्सन गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै इन्द्रजात्रा २०८२ को पहिलो दिन उपाकु पदयात्राको क्रममा हुने भीडभाडलाई व्यवस्थापन गर्न विभिन्न ठाउँमा सवारी डाइभर्सन गरिएको जानकारी गराएको हो ।

अतिआवश्यक बाहेकका सवारी साधनहरू डाइभर्सन गरिएको ठाउँबाट भित्र नजान ट्राफिकले अनुरोध समेत गरेको छ ।

यी हुन् डाइभर्सन गरिएका रुटहरू

वीर अस्पताल, ट्रमा सेन्टर, न्यूरोड गेट, काठमाडौं मलको गल्ली, सुन्धारा नयाँ गल्ली, सुन्धारा मूल बाटो, भोटेवहाल पिपलवोट, भोटेवहाल ओरालो, भोटेवहाल अरनिको स्कुल गल्ली, भोटेवहाल (त्रिपुरा मार्ग) मूल सडक, मचली (त्रिपुरामार्ग), गोफल, टेकु चोक, बण्डे, ह्यूमत, दलाक्षी, जैशिदेवल, यंगाल, क्वहिटी, परोपकार, भिमसेन स्थान, रामघाट, छवासा पाखा, शान्ति निकुञ्ज गल्ली परोपकार, काष्ठमाण्डप, प्याफल, नमुना विहार कंग, ध्वाख्वाछे गल्ली, दमाईचा घाट गल्ली, केताहिटी, ताम्सीपाखा, टेगल रक्तकाली, क्षेत्रपाटीपार्टी प्यालेस दक्षिण गेट मूनी, क्षेत्रपाटी पब्लिक युथ कलेज, पंकनाजोल (कालधारा तथा सात गुम्ती), चाक्सीबारी (काठमाडौं गेष्ट चोक), ठमेल चोक, ढलको चोक, क्वावहाल चोक, ठमेल संचय कोष, ज्याथा चोक, ज्याथा छुस्या गल्ली, जमल ज्याथा जाने गल्ली, जमल कमलाक्षी, भोटाहिटी, असन, भेडमसिंह, मखन महादेव ।

 


Back_to_top