काठमाडौं । पहिलो एमजी जेडएस ईभी प्रयोगकर्ता भएर मैले सन् २०१९ देखि नै ईभी यात्राका उतारचढाव अनुभूत गर्दै आएको छु। यसपालिको मेरो यात्रा काठमाडौं सिराहा हुँदै सिन्धुली-बर्दिबासबाट फर्केर काठमाडौंसम्म ।
जानेबेलामा सबै ठिकै लाग्यो। नेपालथोकमा गाडी चार्ज गरेँ, आरामसँग खाना खाएँ । अनि सिराहा-मिर्चैया पुगेँ । र, सोही दिन फर्किएर बर्दिबासमा चार्ज गरेँ। कुनै समस्या भएन। त्यो बेला लाग्यो, यस्तै त हुनुपर्छ चार्जिङ पूर्वाधार, आत्मविश्वास बढ्यो।
तर, भोलिपल्ट फर्किँदा वास्तविकता फरक देखियो। सोचेँ हिजो जस्तै नेपालथोकमै चार्ज गर्छु। तर, चार्जिङ अटेन्डेन्टले भन्यो, ‘भोल्टेज पुग्दैन होला, धेरै गाडी चार्ज भइरहेको छ।’ प्रयास गरियो, तर सफल भएन। त्यसपछि ८५ किमी रेन्ज बाँकी छँदा भकुण्डेबेँसी पुगेँ, एमएडब्लू स्टेशनमा प्रयास गरेँ । फेरि उही समस्या। सीजीका स्टेशन त धेरै थिए । तर सीसीएस चार्जर उपलब्ध थिएन।
त्यसपछि अलि डर लाग्न थाल्यो। एसी बन्द गरेर, झ्याल खोल्दै अलिकति ‘पावर सेभ’ मोडमा गाडी हाँकेँ। तर भकुण्डेबेँसीदेखि धुलिखेलसम्मको उकालोले ब्याट्री झन् चाँडै घटायो। सौभाग्यवश धुलिखेल-बनेपा बीचमा एउटा चार्जर भेटियो र अन्ततः टप-अप गर्न सफल भएँ।
मेरो अवलोकन
- अझै पनि पिस अफ माइन्ड छैन। सन् २०१९ मा ईभी चलाउँदा जुन डर लाग्थ्यो, आज पनि उस्तै छ।
- एउटै समयमा धेरै गाडी चार्ज हुँदा भोल्टेज ड्रप हुन्छ, यसको समाधान जरुरी छ।
- चार्जिङ स्टेशन र ईभी दुवै बढेका छन्। तर पर्खनु त पर्छ नै। धेरै स्टेशनहरूले व्यवसायिक गाडीलाई प्राथमिकता दिन्छन्, किनकि उनीहरूले रेस्टुरेन्टमा बढी ग्राहक ल्याउँछन्। संख्यामा चार्जिङ स्टेशन बढेका छन्, तर भरपर्दोपन अझै आउन बाँकी छ।
नाेट : झाले इलेक्ट्रीक भेहिकल ग्रुप नेपालमा पोस्ट गरेको उनकाे अनुभव यहाँ साभार गरिएको हाे । उनी उक्त ग्रुपका फाउण्डर समेत हुन् ।
उनको स्ट्याटसमा धेरै व्यक्तिले कमेन्ट मार्फत आफ्नो अनुभव पनि सेयर गरेका छन् । यस्ता छन् केही कमेन्टहरू
आनन्द निरौला : हाइवेको सीएस त्यही हो , सीसीएस गर्ने बेलामा भोल्टेज पुग्दैन भन्छन् तर उनीहरूको ग्राहक कमर्शियल भेहिकललाई चाहिँ जीबीटीमा भोल्टेज पुग्ने। बडो अजिब छ।
राजु थापा : चालकको समस्या भनेकै चार्जिङ हो।चार्ज पुग्ला कि नपुग्ला ? स्टेसनहरू भेटिने होकि होइन ? भेटिए पनि चार्जिङ समस्या हुने हो कि ईभी गाडी मा हिड्नु भनेको चिन्ता बोक्नु हो ?
देश म्यान : यो एक समस्या हो तर चिन्ता गर्न र आइसीई जाने विचार गर्न गम्भीर समस्या होइन। चार्जिङ स्टेसन दिनानुदिन बढ्दै गएको छ र चार्जिङको समस्या त्यतिबेला समाप्त हुनेछ । जतिबेला कुनै चार्जिङ स्टेशन थिएनन् । चार्जिङ स्टेशन मालिकहरूले ध्यान दिनुपर्छ किनकि यसले उनीहरूको आम्दानी बढ्छ।
सन्तोष दाहाल : चार्जिङ स्टेशन र ईभी दुवै बढेका छन्। तर पर्खनु त पर्छ नै। धेरै स्टेशनहरूले व्यवसायिक गाडीलाई प्राथमिकता दिन्छन्, किनकि उनीहरूले रेस्टुरेन्टमा बढी ग्राहक ल्याउँछन्। संख्यामा चार्जिङ स्टेशन बढेका छन्, तर भरपर्दोपन अझै आउन बाँकी छ ।


