मर्सिडिजको झल्को दिने इलेक्ट्रीक एसयूभीमा आउँदै एमजी साइबर एक्स

काठमाडौं । एमजी मोटरको साइबर एक्स कम्प्याक्ट, बक्सी, परिवारमैत्री इलेक्ट्रीक एसयूभीमा परिणत हुने भएको छ ।

पहिलोपटक शांघाई अटो शोमा बोल्ड कन्सेप्टमा देखाइएकोे यो एसयूभी आगामी २ वर्षभित्र बजारमा आउने भएको हो ।

साइबर एक्स ५ वटा ढोकाको लेआउट र बक्सी डिजाइन हुनेछ । जसले स्ट्यान्स मर्सिडिज ईक्यूबी जस्ता प्रिमियम एसयूभीको झल्को दिनेछ ।

यो मोडलले कन्सेप्टको बक्सी र एंगुलर डिजाइन कायम राख्नेछ। कारमा पप अप हेडलाइटहरूको सट्टा परम्परागत हेडलाइट राखिनेछ । प्यानोरामिक रूफलाई आकर्षक इन्टेरियरले प्रतिस्थापन गर्नेछ।

यसकाे क्याबिन आधुनिक र मिनिमल शैलीमा तयार हुनेछ । ठूलो सेन्ट्रल टचस्क्रीन, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र परिवारको लागि पर्याप्त हेडरूम र लेगरूम उपलब्ध हुनेछ।

साइबर एक्समा एमजीको नयाँ ब्याट्री र मोटर प्रविधिहरू प्रयोग गरिने छ । साइबर एक्समा सेमी सोलिड स्टेट ब्याट्री प्रयोग हुने अपेक्षा गरिएको छ। जसले करिब ४८२ किलोमिटर रेन्द दिने अनुमान छ ।

अधिकांश मोडलमा सिंगल मोटर फ्रन्ट ह्वील ड्राइभ लेआउट हुनेछ । हायर स्पेक्स मोडलमा अल ह्वील ड्राइभ उपलब्ध हुन सक्छ। गाडीको बढेको हाइट र हल्का अफ-रोड डिजाइनले व्यवहारिकता र शैलीलाई सन्तुलनमा राख्नेछ।

एजीले साइबर एक्सलाई बजेटमैत्री बनाउन करिब ३० हजार पाउण्डमा बजारमा ल्याउने अनुमान गरिएको छ ।


Back_to_top