काठमाडौं । काठमाडौंको वनस्थली चोकमा यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
बिहीबार बिहान चक्रपथ रुटमा चल्ने महानगर यातायातको बाग्मती प्रदेश ०१-००६ ख ७५४३ नम्बरको बसले ठक्कर दिँदा ६८ वर्षीय जशबहादुर मगरको मृत्यु भएको हो ।
संखुवासभा घर भएका मृतक मगर हाल बालाजु वनस्थलीमा बस्दै आएका थिए ।
पैदल यात्रुको मृत्युपछि बसका चालक भने फरार भएका छन् । अहिले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।

