काठमाडौं । फोटोन नेपालले फोटोन ईभी भ्यान र फोटोन टीएम १ मा लिमिटेड टाइम स्पेसल अफर ल्याएको छ।
कम्पनीले दशैंको अवसरमा उक्त अफर ल्याएको हो । यस अफर अन्तर्गत ग्राहकले फोटोन ईभी भ्यान बुक गर्ने ग्राहकहरूले यामाहा बाइक, ५५ इन्चको स्मार्ट टीभी, वाशिङ मेसिन र फ्रीज जस्ता आकर्षक उपहार पाउनेछन्।
साथै, हरेक बुकिङमा स्योरशट ग्याजेट सामसुङ मोबाइल ए०७ उपहार पाउने छन् । यसका अलावा ग्राहकले १ वर्षको फुल इन्स्युरेन्स (अटो प्लस) र क्यासलेस इन्सुरेन्स पाउने छन् ।
फोटोनले ग्राहकहरूको सहजताका लागि थप सुविधा स्वरूप ५ पटकसम्म निःशुल्क सर्भिसिङ र फ्रन्ट ब्रेक प्याडको सेट पनि निःशुल्क उपलब्ध हुनेछ । र, ग्राहकहरूका लागि अन्तिम बोनस स्वरूप, पूरा आर्थिक वर्षको रोड ट्याक्स पनि कम्पनीले नै व्यहोर्नेछ।
फोटोन टीएम १ दशैं स्किममा पनि आकर्षक अफरहरू छन्। टीएम १ अब दशैं विशेष मूल्यमा ६ लाख ७५ छुटपछि २६ लाख ९९ हजार रुपैयाँमा पाउने छन् ।
फोटोन टीएम १ मा पनि ग्राहकले १ वर्षको सम्पूर्ण सवारी बीमा र क्यासलेस बीमा, पूरा आर्थिक वर्षको रोड ट्याक्स निःशुल्क पाउने छन् ।

