काठमाडौं । निसान इण्डियाले छिट्टै लन्च गर्न लागेको कम्प्याक्ट एसयूभीको नाम घोषणा भएको छ । सर्वाधिक सफल कम्प्याक्ट एसयूभी हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्ने मोडलको नाम टेक्टन राखिएको हो ।
ग्रिक शब्दबाट लिएको टेक्टन नामको अर्थ ‘क्राफ्टम्यान र आर्किटेक्चर’ भन्ने बुझिन्छ । सन् २०२६ को मध्येबाट बिक्री सुरू हुने टेक्टन एसयूभी भारतमा बिक्री सुरू भएसँगै नेपाल पनि आउने छ ।
निसान इन्डियाले नयाँ एसयूभी टेक्टनको एक्टेरियर डिजाइनका बारेमा आज जानकारी दिएको हो । कम्पनीले यसको इन्टेरियर डिजाइनका बारेमा पनि धेरै कुरा बाहिर ल्याएको छ ।
निसान टेक्टनमा ग्रील र क्यारेक्टर लाइन ठूलो साइजको एसयूभी ‘पेट्रोल’बाट प्रेरित भएको देखिन्छ । फ्ल्याट बोनेट, वारपार कनेन्ट लाइट सहितको एलइडी हेडलाइट र टेललाइट प्रयोग हुनेछ । साइडमा म्याग्नाइटमा जस्तै फ्लेयर ह्वील आर्क र मल्टी स्पोक अलोय ह्वील रहने छ ।

नयाँ एसयूभीको इन्टेरियरमा तीन कलरको प्रयोगमा बनेको ड्यासबोर्ड हुनेछ । ड्यासको सबैभन्दा माथि सफ्टटच मेटेरियल र बाँकी भागमा ग्लसी ब्ल्याक फिनिस रहने छ । तामा कलरको स्ट्रीप इन्फोटेन्मेन्ट स्क्रीनबाट साइड एसी भेन्टसम्म दिइएको छ ।
निसानले नयाँ एसयूभीमा ठूलो साइजको टचस्कृन इन्फोटेन्मेन्ट स्क्रीन, फुल्ली डिजिटल ड्राइभर इन्फर्मेसन डिस्प्ले, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, भेन्टिलेटेड सिट, ३६० डिग्री क्यामरा र एड्भान्स ड्राइभर असिस्ट सिस्टम (एडास) फिचर दिनेछ ।
जापानी निर्माताले इन्जिनका बारेमा आधिकारिक जानकारी बाहिर ल्याएको छैन । कम्पनीले पेट्रोल र हाइब्रिड इन्जिन अप्सनमा ल्याउने सम्भावना छ । ‘सीएमएफ बी प्ल्याटफर्म’मा बन्ने भएकाले निसान टेक्टन र रेनोको नयाँ जेनेरेशन डस्टरका कुरा उस्तै रहने अनुमान गर्न सकिन्छ ।

