काठमाडौं । चिनियाँ ईभी कम्पनी जिकरले कफी पिउन लाग्ने समयभन्दा छिटो चार्ज गर्न सकिने ईभी ल्याएको छ ।
जिली ग्रुप अन्तर्गतको जिकरले स्पोट्स युटिलीटी फास्टब्याक दी ००१ ईभीको अपग्रेडेड भर्सनमा यो नयाँ प्रविधि ल्याएको हो ।
सन् २०२१ मा लन्च भएको दी ००१ अब ८०० बाट ९०० भोल्ट आर्किटेक्चरमा अपग्रेड भएको छ । ९५ किलोवाट आवरको ब्याट्रीप्याक रहेको नयाँ ००१ ईभी ७ मिनेटमै १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने भएको हो ।
यो कारलाई जम्मा ७ मिनेटको चार्जमा ५०० किलोमीटरको सीएलटीसी रेन्ज थप्न सकिने भएको हो ।
जिकरका अनुसार यो कारको चार्जिङ क्षमता १२ सी रहेको छ । जिकलरे इनहाउस बिकार गरेको एलएफपी प्रविधिको गोल्डेन ब्याट्रीले यो सम्भव बनाएको हो । यो ब्याट्रीलाई ७ मिनेटमा चार्ज गर्न भने १ मेगावाटको अल्ट्रा फास्ट चार्जरको आवश्यकता पर्छ ।
जिकरले केही समय अगाडि १.२ मेगावाटको अल्ट्रा र्यापिड चार्जरको घोषणा गरेको थियो । कम्पनीले यसैवर्षबाट यो चार्जिङ स्टेशन बनाउन सुरू गर्ने योजना बनाएको छ ।

