सुजुकीले यसै महिना देखाउँदै इलेक्ट्रीक मिनी कार, रेन्ज २७० किमी हुने

काठमाडौं । जापानी अटोमोबाइल उत्पादक सुजुकीले यसै महिनाको अन्तिममा हुने जापान मोबिलीटी शो २०२५ मा सुजुकीले भिजन ई स्काई इलेक्ट्रीक मिनी कार वर्ल्ड प्रिमियर गर्ने भएको छ ।

कम्पनीले उक्त शोमा जापानमा केई कार भनिने कम्प्याक्ट डिजाइनको सानो इलेक्ट्रीक कार देखाउने भएको हो ।

सुजुकीले मोबिलिटी शोमा चारपाँग्रे, दुईपाँग्रे र रोबोर्टहरूको कन्सेप्ट र प्रोडक्सन मोडलहरूको लाइनअप नै देखाउने योजना बनाएको छ ।

यसमा मुख्य आकर्षण रहेको युनिक, स्मार्ट, पोजिटिभ थिममा बनेको सुजुकीको भिजन ई स्काई ईभीले हर्षित मुड जगाउने कम्पनीको दाबी छ । यो कारसँगै सुजुकीको नयाँ डिजाइनको म्याट एल्मुनियम फिनिस भएको फ्ल्याटर डिजाइनको नयाँ लोगो समेत पहिलो पटक प्रयोगमा आउने छ ।

सुजुकीको भिजन ई-स्काई छोटो हुड भएको ह्याचब्याक डिजाइनको कार हो । यसमा मिनिमल ओभरह्याङ, फ्लोटिङ रुफ र क्लिन सर्फेसिङ रहेको छ । यसको फ्रन्टमा इलुमिनेटेड ग्रिल भएको सी सेपको एलईडी हेडलाइट रहेको छ । यसमा फ्युचरिस्टिक एरो स्टाइलको ह्वीलकभर, फ्लस डोरह्याण्डल रहेको छ ।

यो कारको लम्बाइ ३३९५ एमएम, चौडाइ १४७५ एमएम र १६२५ एमएमको उचाइ रहेको छ । सुजुकीले यो कारको ब्याट्री र मोटरको स्पेशिफिकेसनको बारेमा कुनै जानकारी नदिए पनि रेन्ज २७० किलोमिटरको हुने कम्पनीले जनाएको छ ।

सुजुकीको भिजन ई स्काईको इन्टेरियरमा डिजिटल ककपिट, फ्लोटिङ सेन्टर टनेल, एम्बियन्ट लाइटिङ र डबलट्रे भएको ड्यासबोर्ड रहेको छ । यसमा टच सेन्सेटिभ एसी कन्ट्रोल, इन्ट्रीग्रेटेड बटन सहिनको फ्युचरिस्टिक स्टेरिङ ह्वील र पर्पलहेडरेस्ट सहितको आधुनिक सिट रहेको छ ।

सुजुकीले भिजन ई स्काई जापानमा सन् २०२६ भित्रै बिक्री सुरू हुने बताइएको छ । सुजुकीको मुख्य बजार भारतमा समेत यो मिनी ईभी छिटै लन्च हुने सम्भावना रहेको छ ।


Back_to_top