शून्य प्रतिशतमा एथरका स्कुटर, एक्सचेन्जमा न्यूनतम ३० हजार पाइने

काठमाडौं । एथर एनर्जी नेपालले चाडपर्वलाई अझ उत्साहपूर्ण बनाउनका लागि सबैभन्दा रोमाञ्चक अफरहरू ल्याएको छ।

यस अफर अन्तर्गत ग्राहकहरूले एथर ४५० सिरिज वा नयाँ एथर रिज्टा बुक गर्दा विशेष लन्च अफरहरू प्राप्त पाउने छन् ।

जसमा निःशुल्क ८-७० ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा किस्ता सुविधा, न्यूनतम ३० हजारको एक्सचेन्ज मूल्याङ्कन र ८ हजारको मूल्य थप सुविधा पाउने कम्पनीले जनाएको छ ।

यस अफरले ग्राहकको इलेक्ट्रीक यात्रालाई अझ स्मार्ट, सुरक्षित र लाभदायक बनाउने कम्पनीको भनाइ छ ।

वैद्य एनर्जी प्रालिका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्यले चाडपर्वलाई अर्थपूर्ण बनाउन एथरले अफर ल्याएको बताए ।

‘नेपाली चाडपर्व नयाँ सुरुवात र परिवारको एकताको प्रतीक हो । यसलाई अझ अर्थपूर्ण बनाउने उत्तम तरिका भनेको भविष्यका लागि बनाइएको, सफा र स्मार्ट स्कूटरको साथमा यो पर्व मनाउनु हो,’ उनले भने ।

एथर ४५० सिरिजले नेपालमा प्रिमियम इलेक्ट्रीक स्कूटरको नयाँ मापदण्ड स्थापित गरिसकेको छ । यसमा शक्तिशाली परफर्मेन्स, तीव्र एक्सेलेरेसन, स्किडकन्ट्रोल सुरक्षा प्रणाली, र बुद्धिमान एथरस्ट्याक सफ्टवेयरजस्ता अत्याधुनिक विशेषताहरू छन्।

त्यस्तै, गत साउनमा नाइमा मोबिलिटी एक्स्पो २०२५ मा लन्च भएको एथर रिज्टा अहिले नेपालमा पहिलो रोजाइमा पर्न थालेको छ । यो स्कुटरले एकपटकको फुलचार्जमा चार्जमा १५९ किमी रेन्ज दिन्छ । यसमा ५६ लिटरको विशाल स्टोरेज, ७ इन्च टीएफटी स्मार्ट डिस्प्ले, आरामदायी डिजाइन रहेको छ ।

यो अफर सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।


Back_to_top