काठमाडौं । बाढी पहिरोका कारण देशभर अवरुद्ध एउटा बाहेक अरु सबै राजमागै संचालनमा आएका छन् ।
नेपाल प्रहरीका अनुसार मंगलबार बिहान ८ बजेसम्म कोशी राजमार्ग बाहेक अरु सबै सडक संचालनमा आएका हुन् ।
प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुण र मकालु गाउँपालिका एकुवामा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।
बाढी पहिरोका कारण अवरुद्ध मेची राजमार्ग (इलामखण्ड) र बीपी राजमार्गको काभ्रे खण्ड एकतर्फी संचालनमा आएको प्रहरीले जनाएको छ । यी बाहेक अरु सबै सडकमा दुईतर्फी सवारी संचालन भइरहेका छन् ।


