नयाँ वर्षमा गाडी लिएर घुम्न जाँदा कति लाग्छ भाडा ? सूचीसहित

काठमाडौं ।  नयाँ वर्ष २०७६ नजिकिँदै गएको छ । नयाँ बर्षको अवसरमा नयाँ ठाउँको घुमफिर गर्ने र रमाइलो गर्ने चाहाना सबैको हुन्छ । त्यसमा सहरी क्षेत्रका युवा युवतीहरु नयाँ बर्षको अबसरमा नयाँ ठाउमा घुम्न रहर गर्छन् ।

सहरको कोलाहाल र तनावपूर्ण जीवनशैली बिर्षन पनि नयाँ ठाउ घुम्ने रहर धेरैमा हुन्छ । तर, यात्रा, घुमफिरलाई सहज र थप रमाइलो बनाउने माध्यम हो, यातायात । पछिल्लो समय घुमफिर गर्न चाहने यात्री, पर्यटकलाई सहज बनाइदिएको छ, रेन्टल कारको सुविधाले । जहाँ यात्रीले चाहे अनुरुप गाडी भाडामा लिइ देशभर घुम्न सक्छन् । यतिमात्रै नभई, यस्ता कम्पनीले आन्तरिक पर्यटनलाई प्रवद्र्धन तथा व्यवस्थापनमा महत्वपूर्ण कार्य गर्दै आएका छन् । 

नयाँ वर्षको अवशरमा पोखरा, चितवन, मुक्तिनाथ, रारा, खप्तड, जनकपुर, इलाम, हलेसी महादेब, लुम्बिनीलगायतका स्थानमा पर्यटकको घुइचो लाग्ने गर्छ । त्यस्ता स्थानका यातायातको सेव दिन उपत्यकामा अहिले करिब एक दर्जन रेन्टल सर्भिसहरु संचालनमा रहेका छन् ति कम्पनीहरुले दिने सेवा र शुल्क करिब करिब उस्तै रहेको छ ।

करिब १० वर्षदेखि माउन्टेन बुद्ध टुर एन्ड ट्रान्सपोर्ट नामक कम्पनी खोलेर पर्यटन यात्रालाई थप सशक्तता प्रदान गर्दै आएका भोला पाण्डे कार रेन्टल कम्पनीले आन्तरिक तथा बाह्य पर्यटकलाई सहज बनाएको दाबी गर्छन् । 

आफ्नो कम्पनीले यात्रीको आवश्यकता अनुरुप जुनसुकै समयमा सेवा दिने गरेको पाण्डे बताउँछन् । 

पान्डे भन्छन् ‘सर्बशुलभ भाडा, चुस्त सेवा सुविधा तथा सुरक्षित यात्राको लागि पनि कार रेन्टमा लिने मानिसको संख्या उल्लेख्य भएको छ । हामीले प्रयोगकर्ताको मागअनुसार कार, जीप र बसको गुणस्तरीय सेवा दिने गरेका छौं । कार रेन्टमा लिएर जाँदा दुर्घटना हुने संभावना कम हुने विश्वास ग्राहकमा देखिन्छ ।’ 

आफ्नो कम्पनीले अरुको तुलनामा सस्तो र प्रभावकारी सेवा प्रदान गर्ने उनको दाबी छ । निजी, सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, विदेशी नियोग र युएनका एजेन्सीमा सेवा दिएर सन्तुष्टि प्रदान गरेको पाण्डेले बताए । हाल, कम्पनीले देशभरका सबै स्थानमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । 

चार वर्षदेखि कार रेन्टल कम्पनी ‘भेहिकल रेन्टल इन् काठमाडौं’ र ‘एम.के भेहिल’ संचालन गर्दै आएका मुकेश गुप्ताले पनि ग्राहकलाई आवश्यक परेको समयमा गाडी उपलब्ध गराउने जानकारी दिए । 

गाडी भाडा सम्बन्धी सबै किसिमका सेवा दिने गरी स्थापना भएको यस कम्पनीले ग्राहकले चाहे बमोजिमको  गाडी उपलब्ध गराउँछ । ‘कस्टमरले सेवा लिन चाहनासाथ सम्बन्धित ठाउँमा पुर्याउँछौँ,’ गुप्ताले भने, ‘सेवामा गुनासो आउन दिँदैनौँ ।’ निश्चित प्याकेजमा भरपुर आनन्दसँगै सुरक्षित यात्राका लागि आफ्नो कम्पनी उत्कृष्ट छनौट हुने उनको दाबी छ । 

कति लिन्छन् रेन्टल कम्पनीले भाडा ?

यी कम्पनीहरुले, चितवन एक रात दुई दिनको १५ हजार, पोखरा एक रात दुई दिनको १८ हजार, लुम्बिनी एक रात दुई दिनको २० हजार, हलेसी एक रात दुई दिनको २० हजार, कालिन्चोक एक रात दुई दिनको १८ हजार, मुक्तिनाथ चार रात ५ दिनको ५५ हजार, तिन रात चार दिनको ४५ हजार रुपैयाँ भाडादर दिने गरेको छ । 

यस्ता कम्पनीले उपलब्ध गराउने गाडीहरु निकै उत्कृष्ट कन्डिसनमा रहने दाबी गछन् मुकेश गुग्ता । उनका अनुसार गाडी भाडामा दिने कम्पनीसँग अनुभवी चालक र नयाँ सुरक्षा प्रविधि जडान भएका गाडी रहेका छन् । 

यस्तो छ नेपाल एशोसियसन आफ टुर एन्ड ट्राभल एजेन्टद्धारा प्रमाणित गरिएको भाडा दर ।







Back_to_top