हिरोको बाइक किन्दा डाउन पेमेन्ट राख्नु नपर्ने, एक लाखसम्म छुट

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले नयाँ वर्ष २०७६ को अवसरमा ग्राहक योजना ल्याएको छ । हिरोले आफ्नो सबै मोटरसाइकल तथा स्कुटरहरूमा विशेष छुटको योजना सार्वजनिक गरेको हो ।

‘हिरोडपति नयाँ वर्ष योजना’ नाम रहेको उक्त योजनाअन्तर्गत हिरोका कुनै पनि मोटरसाइकल वा स्कुटर किन्ने ग्राहकले स्क्राच कार्डमार्फत एक लाखसम्म छुट दिने भएको छ । त्यस्तै लक्की ड्र मार्फत १५ दिनमा १ जनाले एक लाख रुपैयाँँ सम्म क्यास पाउन सक्नेछन् ।

यसका साथै तत्काल हिरो फेरि योजनाअन्तर्गत ५ मिनेटमा मोटरसाइकल स्कुटर एक्सचेन्ज गर्न पाउने व्यवस्था गरेको छ । सजिलो हिरो योजना अन्तर्गत हिरोका सबै मोटरसाइकल र स्कुटर किन्न उपत्यकाभित्र जिरो प्रतिशत डाउनपेमेन्ट र उपत्यका बाहिर ५० प्रतिशत फाइनान्समा सुविधा उपलब्ध छ ।


Back_to_top