काठमाडौं । बीपी राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षाले राजमार्गको आधादर्जन बढी ठाउँमा पहिरो खस्दा र लेदो आउँदा सवारी आवगमन पूर्ण रुपमा बन्द भएको हो ।
काभ्रेकोे चौकीडाँडा, नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेको छ । त्यस्तै, नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा लेदोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सडक अवरुद्ध भएपछि गन्तव्य हिँडेका सयौं सवारी साधनहरु ठाउँठाउँमा रोकिएका छन् ।
अहिले पनि पानी परिरहेकाले सडक खुलाउन समस्या भइरहेको छ ।
सुरक्षित यात्राका लागि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।

