निगमले घटायो डिजेलको भाउ

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

निगमले शनिबार बिहानदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

त्यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ७ अमेरिकी डलर मूल्य बढाएको छ ।

निगमले पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

मूल्य समायोजनसँगै डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १४१. ५० रुपैयाँ, दोस्रो वर्गमा १४३ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।


Back_to_top