काठमाडौं । सामान्यतया कार भने पछि ह्याचब्याक, सेडान र एसयुभी क्याटागोरीका मात्र हुन्छन् भन्ने सामान्य बुझाई छ । तर कारका बनावट तथा क्षमता लगायतका आधारमा विभिन्न वर्गमा बनाइएको हुन्छ ।
बजारमा धेरै प्रकारका कार उपलब्ध रहेका छन् । कारको वर्गिकरणका आधारमा विभिन्न नाम दिइएको पाइन्छ । सामान्यतया कार प्रेमीहरुले ह्याचब्याक र क्रसओभर बारे भने बुझ्ने गरेका छन् ।
कारको प्रकारका बारेमा सामान्य मानिसले भने सहजै बुझ्न गाह्रो हुन्छ । यहाँ कारको वर्गिकरणका आरधामा तिनको नामका बारेमा यहाँ उल्लेख गरिएको छ । जसले विभिन्न वर्गका कारका बारेमा बुझ्न सहज हुनेछ ।
ह्याचब्याक

ह्याचब्याक कारमा प्रायजसो ४ ढोकायुक्त हुन्छ । केही प्रिमियम ह्याचब्याक कार दुई ढोके समेत हुन्छ । दुई ढोके ह्याचब्याकको उदाहरणको रुपमा मिनि कुपर एसथ्री डोरलाई लिन सकिन्छ । त्यस्तै हुन्डाई ग्रान्ड आइटेन, अल्टो ८००, टाटा टियागो ४ ढोके ह्याचब्याकका उदाहरण हुन् ।
सेडान

अमेरिकामा यो सेगमेन्टको कारलाई सेडान भनिन्छ भने बेलायतमा यही सेगमेन्टको कारलाई सलोन भनिदै आएको छ । सेडान कारमा पनि चार ढोका नै हुन्छ । सेडान कार तीन बक्स कन्सेप्टमा बनेको हुन्छ । पहिलो इन्जिन, दोस्रो यात्रु बस्ने र तेस्रो कार्गो अर्थात सामान राख्ने स्थान बनाइएको हुन्छ ।
सेडान कारमा पनि सव क्याटागोरी हुन्छ । फास्टब्याक, कम्प्याक्ट तथा सव–कम्प्याक्ट लगायत क्याटागोरी हुन्छन् । सेडान सेगमेन्टका कारमा होन्डा सिटी, हुन्डाई एलेन्ट्रा, मारुती सियाज लगायत हुन् ।
एमपीभी

एमपीभी अर्थात् मल्टी पर्पोस भेइकल वा मल्टी युटिलिटी भेइकलमा मानिस तथा धेरै सामान बोक्न सक्ने खालको हुन्छ । यस्तो सवारी धेरै प्रयोजनमा उपयोग गर्न सकिन्छ । यस्तो कारमा यात्रुलाई सहज रुपमा बस्न मिल्ने सिट र ठूला लगेजसमेत राख्न मिल्ने गरि डिजाइन गरिएको हुन्छ ।
यो वर्गको गाडीमा यात्रु बस्नका लागि दुई वा तीन रो हुन्छ भने ढोकाको आकार समेत ठूलो बनाइएको हुन्छ । महिन्द्राको माराजो एमपीभीको उकृष्ट उदाहरण हो ।
एसयूभी

एसयुभी अर्थात् स्पोर्टस युटिलिटी भेइकल ठूलो सेगमेन्टको कार हो । एसयुभी सेगमेन्टको कार बडी अन फ्रेम च्यासिसमा आधारित हुन्छ । यो सेगमेन्टको कारको ग्राउन्ड क्लियरेन्स उच्च हुन्छ । अन्य कारको तुलनामा एसयुभीमा जर्क बहन गर्ने क्षमता धेरै हुन्छ ।एसयूभी कार अफ रोड र सफ्ट रोलर्स विशेषतासहित उपलब्ध हुन्छन् । महिन्द्रा थार, ल्यान्ड रोभर डिस्कभरी स्पोर्ट आदि अफरोडर एसयूभी हुन् भने होन्डा सीआर–भी, स्कोडा यती सफ्ट रोडर एसयूभी हुन् ।
क्रसओभर

क्रसओभर कार ह्याचब्याक तथा एसयुभी कार दुवैको प्लेटफर्ममा निर्मित कार हो । यस्तो कार पूर्ण रुपमा एसयुभी प्लेटर्फममा निर्माण भएको हुँदैन तर यसमा एसयुभीका केही विशेषता हुन्छन् । सफ्ट रोडिङका लागि क्रसओभर कार उपयोगी हुन्छ । मारुती सुजुकीको एस–क्रस, भोल्भो एस ६०, हुन्डाइ आइट्वान्टी एक्टिभ लगायतका कार क्रसओभर क्याटागोरीमा पर्दछन् ।
कुपे

कुपे वर्गको कार दुई ढोके कार हो । यो क्याटागोरीको कारमा फिक्स्ड रुफ दिइएको हुन्छ । स्पोर्टी लुक भएको यो कारमा सामान्यतया दुई सिट हुन्छ । तर चार ढोके कुपे कारसमेत उपलब्ध रहेको छ । सामान्य कारको तुलनामा यो कारमा स्पेस निक्कै काम रहेका पाइन्छ । अडी आर८, मर्सिडिज बेन्ज जीएलइ कुपे कारका राम्रो उदाहरण हुन् ।
कन्भर्टिबल

कन्भर्टिवल कारलाई रोडस्टार समेत भनिन्छ । यो क्याटागोरीको कारमा रुफ लोड गर्न सकिने अप्सन दिइएको हुन्छ । मर्सिडिज एएमजी एसएलसी ४३, अडी ए३, फरारी क्यालिफोर्निया टी लगायत यो सेगमेन्टको उदाहरण हुन् ।


