काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म दराजमा १ रुपैयाँमै एथर रिज्टा स्कुटर खरिद गर्न पाइने भएको छ । दराजले ११-११ को अवसरमा ग्राहकलाई उक्त अफर दिएको हो ।
दराजका अनुसार भाग्यमानी एक जना ग्राहकले १ रुपैयाँमै रिज्टा स्कुटर किन्न पाउने छन् । जसका लागि ग्राहकले न्यूनतम १० हजार रुपैयाँको शपिङ गरेको हुनुपर्नेछ ।
१० हजार बढीको शपिङ गर्ने ग्राहकमध्येबाट लक्की ड्रबाट एकजनालाई १ रुपैयाँमै स्कुटर उपलब्ध गराइने कम्पनीले जनाएको छ । ग्राहकले अनलाइनबाटै १ रुपैयाँमा रिज्टा खरिद समेत गरेको हुनुपर्नेछ ।
एथर इनर्जीको उत्पादन एथर इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी वैद्यज् इनर्जीले गत नाइमा मोबिलिटी एक्स्पोमा रिज्टा सार्वजनिक गरेको थियो ।
कम्पनीले रिज्टाको मूल्य ३ लाख ८३ हजार ५०० रुपैयाँ तोकेको छ ।
एथर रिज्टामा ३.७ किलोवाट ब्याट्री उपलब्ध छ । यो स्कुटरले एक पटकको फुल चार्जमा १२५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।
एथरले रिज्टामा ट्रयाक्सन कन्ट्रोल फिचरका साथै सबैभन्दा ठूलो सिट दिएको छ । एथर रिज्टामा दुई राइड मोड दिइएको छ । जसमा जिप र स्मार्ट मोड रहेको छ ।
यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, नयाँ सिंगल सबफ्रेम, लोअर सीट हाइट, टर्न बाई टर्न नेभिगेसन, गुगल म्याप नेभिगेसन, एलईडी हेडल्याम्प, स्लिम र्यापराउन्ड टेललाइट, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ३४ लिटर अन्डर सिट स्टोरेज, टीएफटी स्क्रीन, डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छ ।

