नेपालमा रोयल इनफिल्डकाे नयाँ मेटियर ३५० बिक्री सुरू, यस्तो छ मूल्य

काठमाडौं । नेपालमा रोयल इनफिल्ड मेटियरको नयाँ २०२५ भर्सन सार्वजनिक भएको छ ।

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले मेटियर ३५० मोटरसाइकलको नयाँ २०२५ भर्सन बिक्री सुरु गरेको हो ।

कम्पनीले मेटियर ३५०को नयाँ भर्सन विभिन्न चार भेरियन्टमा उपलब्ध गराएको छ । जसमा सबैभन्दा सस्तो फायरबल भेरियन्टको मूल्य ५ लाख ७७ हजार रुपैयाँ तोकेको छ ।

जसमा स्टीलर भेरियन्टको मूल्य ५ लाख ८७ हजार, औरोरा भेरियन्ट ५ लाख ९१ हजार र सुपरनोभा भेरियन्ट ५ लाख ९७ हजार रुपैयाँ तोकेको छ ।

जे-सिरिज प्लेटफर्ममा निर्माण भएको मेटियर मोटरसाइकलमा ३४९ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, एयर र आयल कुल्ड, एफआई इन्जिन छ । यस इन्जिनले अधिकतम २०.२ ब्रेकहर्स पावर र २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स छ ।

साथै, मोटरसाइकलमा एलईडी हेडल्याम्प, एलईडी लाइट, एलईडी टर्न इन्डिकेटर्स, डीआरएल र डिजिटल एनालग ट्रिपर पोड एलसीडी ड्यासबोर्ड रहेको छ ।

त्यस्तै, यसमा टाइप सी यूएसबी फास्ट चार्जिङ पोर्ट, असिस्ट एण्ड स्लीप क्लच, एड्जस्टेबल लिबर, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, अलोय ह्वील, फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा प्रिलोड एड्जस्टेबल ट्वीन सक अब्जर्बार रहेको छ ।


Back_to_top