बिर्तामोडमा नयाँ नामी भिगो सार्वजनिक, विशेष छुट पाउने

बिर्तामोड । झापाको बिर्तामोडमा स्मार्ट इलेक्ट्रीक एसयूभी नामी भिगो सार्वजनिक भएको छ ।

डोङफेङ नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले बिर्तामोडमा नामी भिगो सार्वजनिक गरेको हो ।

नामी भिगो दुई भेरियन्टमा उपलब्ध छ । जसमा ईटु भेरियन्टको आधिकारिक मूल्य ३८ लाख ९९ हजार र ईटु प्लस भेरियन्टको ४१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, कम्पनीले ल्याएको विशेष प्रारम्भिक अफर अन्तर्गत भिगो ईटु ३७ लाख ९९ हजार र ईटु प्लस ४० लाख ९९ हजार रुपैयाँमै पाइन्छ ।

डोङफेङको अत्याधुनिक क्वान्टम अर्किटेक्चर प्लेटपफर्ममा निर्मित नामी भिगो बलियो डिजाइन, स्मार्ट फिचर र उत्कृष्ट प्रदर्शन गर्छ । नेपालमा नामी भिगोले मिडसाइज इलेक्ट्रिक एसयूभीको स्तरलाई नयाँ उचाइमा पुर्याएको छ।

नामी भिगोमा रहेको किलोवाट मोटरले शहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेशन र स्मूथ ड्राइभ प्रदान गर्छ। यो ईभी दुईवटा ब्याट्री विकल्प ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवरमा उपलब्ध छ । जसको डब्लूएलटीपी रेन्ज क्रमशः ३०० किमी र ३५० किमी रहेको छ ।

यो ईभीले थ्रीसी अल्ट्रा डीसी चार्जिङ (१६७ किलोवाट) सपोर्ट गर्दछ । जसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८०प्रतिशतसम्म मात्र १८ मिनेटमा चार्ज गर्न सकिन्छ । जसले गर्दा केही मिनेटमै ११५ किमीसम्मको रेन्ज थपिदिन्छ।

नामी भिगोमा दुई भागमा खुल्ने टेलगेट, बाहिरी मनोरञ्जनका लागि एक्स्टेरियर म्युजिक स्पीकर, संगीतको ताल र मुडसँगै चल्ने म्युजिक सिन्क एम्बियन्ट लाइटिङ, व्यक्तिगत आरामका लागि मेमोरी र वेलकम सीटहरू छन् ।

सुरक्षाका लागि नामी भिगोमा लेभल २ एडास, ३६० डिग्री क्यामेरा, एडप्टिभ क्रुज कन्ट्रो, वायरलेस चार्जिङ र मल्टीमोड स्टेयारिङ उपलब्ध छ।

भित्री भागमा १२.८ इन्च टचस्क्रिन, भेन्टिलेटेड जिरो(प्रेसर सीटहरू र पानोरेमिक मोनोरुफ, सुरक्षाका लागि कठोर परीक्षण गरिएको जिरो फायर/एक्स्प्लोजन टेस्ट म्याच ब्याट्री सिस्टम, ६८.४ प्रतिशत हाइस्ट्रेन्थ स्टिल बडी र ६ ओटा एअरब्यागहरूको संयोजन गरिएको छ ।

एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया पावर, लक्जरी र स्मार्ट प्रविधियुक्त नामी भिगो आधुनिक नेपाली जीवनका लागि एकदमै उपयुक्त रहेको बताउँछन् । ‘नामी ०१ ले देशभरि १,००० भन्दा बढी सन्तुष्ट ग्राहकहरू भएपछि भिगोले हाम्रो दृष्टिकोण थप फराकिलो बनाएको छ। यसको पावर, लक्जरी र स्मार्ट प्रविधि, आजको आधुनिक नेपाली जीवनका लागि एकदमै उपयुक्त छ,’ उनले भने ।


Back_to_top